काठमाडौं । झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाइजविरुद्ध ८-० को शानदार जित दर्ता गरेको छ ।
सोमबार शिवसताक्षीस्थित दुधे रंगशालामा पुलिसलाई जित दिलाउन मिना देउवाले पाँच गोल गर्दा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् ।
खेलको ३७औं मिनेटमा रेखाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । उनले मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।
मिनाले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । ९ मिनेटपछि नै मिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई जाली चुमाइन् । गरिन् ।
मिनाले ६२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा पुलिसको अग्रता ४-० मा पुग्यो । ६८औँ मिनेटमा रेखाको क्रसमा मिनाले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरिन् ।
रेखाले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । उनले करिब ३० यार्डबाट गरेको प्रहारले ले सिधै चर्चको जाली चुम्न पुग्यो ।
त्यसको एक मिने बित्न नपाउँदै मिनले व्यक्तिगत पाँचौं गोल गरिन् । रेखाले इन्जुरी समयमा ह्याट्रिक पूरा गर्दै टोलीलाई ८-० एकतर्फी जित दिलाइन् ।
मंगलबार एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किम प्रतिस्पर्धा गर्नेछन् ।
