फाल्गुन २५, २०८२ सोमबार | १६:३०:३६
ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन

महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भारत भ्रमणमा रहेको राष्ट्रिय महिला टिमको व्यवस्थापनमा भएको कमजोरीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको झाँको झारेका छन् ।

इरान र भारतसम्मिलित त्रीदेशीय आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसपछि भारतसँगको मैत्रीपूर्ण खेलका लागि गएको नेपाली टिमको भ्रमण तालिका अस्तव्यस्त पारिएकोमा मन्त्री गुप्ताले एन्फा महासचिवलाई मंगलबार फोन गरेर स्पष्टीकरण लिए । मन्त्री गुप्ताले गाडीबाट राईसँग फोनमा गरेको कुराकानीको भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट छ ।

सिलोङमा सम्पन्न त्रिदेशीय प्रतियोगितामा इरानसँग ३-० को हार भोगेपछि सोमबार भारतमाथि २-१ को जित हासिल गरेको नेपालले आज सिक्किमको पालजोर रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

सोमबार सिलोङमा भारतसँग खेलेकै राती नेपाली टिम आजको खेलका लागि सिक्किम यात्रामा निस्किएको थियो । थकित टिमले पर्याप्त आरामको मौका नपाएको तथा यात्रा दौरान खानपिनमा समेत समस्या भएपछि एन्फाको व्यवस्थापन निक्कै आलोचित भएको थियो ।

तीन महिनाअघि उज्वेकिस्तानको तास्केन्दमा सम्पन्न एएफसी एसियन कप छनोटमा पनि महिला राष्ट्रिय टिमको व्यवस्थापनको कमजोरी यसैगरी उदांगिएको थियो । त्यतिबेला एन्फाले तोकेका टिम व्यवस्थापक र मुख्य प्रशिक्षकका बीच मैदानमै झगडा हुँदा विदेशमा राष्ट्रिय इज्जतको धज्जी उडेको थियो । प्रशिक्षक र व्यवस्थापकले फरक खेलाडीलाई कप्तानका रुपमा प्रस्तुत गर्दा मैदानमा सावित्रा भण्डारीले नेपालको नेतृत्व गरे पनि एएफसीको आधिकारिक डकुमेन्टमा रेणुका नगरकोटेको नाम कप्तानका रुपमा दर्ज भएको थियो ।

टिमको प्रदर्शन उम्दा भए पनि व्यवस्थापनको कमजोरीका कारण पूरा प्रतियोगिता यात्रा टिमका लागि विर्सनलायक बनेको थियो । सोही प्रतियोगिताको विवादपछि बेल्जियमका प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिय डि वाइल्डले नेपाली टिमसँगको याात्रा टुंग्याएका थिए । आपसी कलहको बीचमा पनि राम्रो प्रदर्शन गरेको टिम अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कप खेल्ने अवसरबाट बञ्चित भएको थियो ।

उज्वेकिस्तानमा भएको खराव व्यवस्थापनको सर्वत्र आलोचना भए पनि एन्फाले त्यही व्यवस्थापनलाई भारत यात्रामा पनि निरन्तरता दिएको छ ।

नेपाली फुटबलको व्यवस्थापन सर्वत्र आलोचित भइरहेका बेला मन्त्री गुप्ताले कुनै पनि राष्ट्रिय टिम विदेश यात्रामा जाँदा टिमको विस्तृत भ्रमण तालिका नराखेको भन्दै एन्फा महासचिवसँग असन्तुष्टि पोखेका थिए ।

गत भदौको अन्त्यमा भएको जेन्जी आन्दोलनको कारण तत्कालिन सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ नागरिक सरकारले आइतबार गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेको थियो । नागरिक सरकारका जेन्जी मन्त्री गुप्ताले नियुक्त हुनेवित्तिकै मन्त्रालयअन्तर्गतका सबै खेल संस्थाहरुले आफ्ना बैठक लाइभ गर्नुपर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनले पनि एन्फा महासचिवको हुर्मत लिएको भिडियो रेकर्ड गराएर सार्वजनिक गरेको भनेर खेलवृत्तमा चर्चा भइरहेको छ ।

राईसँगको मोबाइल वार्ता क्रममा एन्फा महासचिवले गर्नुपर्ने काम नगरेको भन्दै मन्त्री गुप्ताले बसेरै विस्तारपूर्वक कुराकानी गर्नुपर्ने भनेका छन् । उनले टेलिफोन कुराकानीमा राष्ट्रिय खेलाडीको भ्रमण तालिका नराखेको, खेलाडीले खान र आराम गर्न पाए नपाएको विषयमा जानकारी नराखेको लगायतका विषयमा अुन्तुष्टि पोखेका थिए । वार्तामा मन्त्री गुप्ता एन्फाको गलत व्यवस्थापनप्रति आक्रोषित देखिन्छन् भने एन्फा महासचिव राई चाँही आत्तिएको सुनिन्छन् । मन्त्रीले अचानक फोन गरेर स्पष्टीकरण लिँदा राई थुप्रै ठाउँमा हड्बडाएरका छन् भने उनले राम्ररी जवाफ दिन सकेका छैनन् ।

‘यो विषयमा चाँही एकचोटी डिटेल नै बस्नुपरयो । राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नी ! उहाँहरुको खानेकुरा कहाँ हुन्छ ? बस्ने कुरा कहाँ हुन्छ ? ए टु जेड टाइमिङ मिलिसकेपछि र सबैकुरा ल ठिक छ है भनिसकेपछि बल्ल मात्र हामीले टिम पठाउने हो,’ मन्त्री गुप्ताले एन्फा महासचिव राईसँग भनेका छन्, ‘तर यो चाँही तपाईंलाई केही कुरा जानकारी नै छैन भन्नुहुन्छ । उतादेखि मैले लिएकै छैन भन्नुहुन्छ । त्यो त तपाईंले जे गर्नुपर्ने कुरा त गर्नुभएन त ? अब यस्तै मिस्टेकले गरेर अहिले हेर्नु त त्यहाँ सबैतिर प्लेयरले पनि अभिव्यक्ति दिइरहेको छ ।’

मन्त्री गुप्ताले ह्यान्ड्सफ्री गरेर एन्फा महासचिव राईसँग स्पष्टीकरण लिएको भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ । एन्फा महासचिव राईले मन्त्री गुप्ताबाट आफूलाई फोन आएको र महिला टिमको भारत भ्रमणको विषयमा जानकारी माग भएको बताए । उनले भिडियोको विषयमा भने जानकारी नरहेको बताए ।

सामाजिक सञ्जालमा छरपष्ट भिडियोमा मन्त्री गुप्ता र राईबीच भएको कुराकानीः

मन्त्री गुप्ताः हेलो

महासचिव राईः मन्त्रीज्यू नमस्कार

मन्त्री गुप्ताः नमस्ते हजुर नमस्ते, किरण जी बोल्नुभा ?

महासचिव राईः हजुर, हजुर मन्त्रीज्यू

मन्त्री गुप्ताः त्यही त, त्यो के हो त, त्यो उनीहरुको चाही हाम्रो विषय, राष्ट्रिय खेलाडीहरुको फुटबलको हजुर महिलाको ?
महासचिव राईः उनीहरुले जित्यो, अब त्यहाँ इन्डियामा । इन्डियाआआआ इन्डियालाई जित्यो । अब अस्ती इरानसँग चाँही हामी हार्यौं । फ्रेन्डली म्याच हो खास त्यस्तो औपचारिक होइन ।

मन्त्री गुप्ताः हजुर

महासचिव राईः अँऽऽऽ

महासचिव राईः मन्त्री गुप्ताः हजुर अँऽऽऽ उनीहरु अब अँऽऽऽ फेरि सिक्किम खेल्दैछ । इन्डियाको इन्डिपेन्डेन्स डे रहेछ ।

मन्त्री गुप्ताः हजुर हजुर

महासचिव राईः अनि त्यहाँ सिक्किममा फेरि इन्डिया र नेपाल खेल्दैछ २९ तारिक अनि नेपाल फर्किन्छ ।

मन्त्री गुप्ताः हजुर हजुर

महासचिव राईः साम्बा र प्रीति चाँही अगाडि नै फर्केर अँऽऽऽ उनीहरु फेरि विदेश खेल्न जानुपर्छ । उनीहरु चाँही जाँदैन ।  

मन्त्री गुप्ताः होइन, अनि फेरि तपाईले त्यहाँनीर खानाको विषय उठेको छ । ट्राभलको कुरा उठेको छ । त्यहाँनीर म्यानेजमेन्ट भएन भन्ने कुराहरु आइराखेको छ । एकदमै तपाईंहरुले त खाना पनि टाइममा नखुवाएर ट्राभलमात्र गराउनुभयो त ! अनि, अनि सुत्न पनि त्यस्तै टाइम तिन/चार घण्टामात्र पाएको छ भन्ने कुरा छ । प्रोपर म्यानेजमेन्ट नै भएन भन्ने कुरा छ त ?

महासचिव राईः एऽऽऽ होइन होइन ! त्योऽऽऽ त्यो चाँही कस्तो हुन्छ अऽऽऽ भने, हामीले यहाँबाट ट्राभल गराएको कुरा गरायौं । त्यो चाँही इन्डियन एफएले नै राख्ने हो त्यहाँ ।

मन्त्री गुप्ताः होइन होइन, कुन त ? तपाईंले ट्राभललाई जिम्मा दिनुभएको हो ?

महासचिव राईः ट्राभल अऽऽऽ इन्डियन एफए । इन्डियन फुटबल संघले नै म्यानेज गर्छ के त्यहाँ ।

मन्त्री गुप्ताः हजुर हजुर

महासचिव राईः अनिऽऽऽ त्यसको म्यानेज गर्छ । अब त्योऽऽऽ अगाडि समस्या भएको थियो । अहिले त्यो सल्भ भइसकेको, त्यहाँऽऽऽ त्यहाँ सिलगुडीमा । सिलोङमा चाँहीऽऽऽ

मन्त्री गुप्ताः हजुर

महासचिव राईः अब उनीहरु, अब उनीहरु यता आउने हो केरेऽऽऽ यो सिक्किम आउने हो केही दिन । सावित्रा र अनि प्रीति चाँही फेरि नेपाल आएरऽऽऽ

मन्त्री गुप्ताः होइन होइन ! होइन ! एउटा कुरा, तपाईंले होइन, हाम्रो इन्डियाकै त्यतापट्टी ट्राभललाई दिँदै गर्दा खेरी होइन, उहाँहरुले म्यानेज गर्नुहुन्छ भन्नुभयो नी ! तपाईंले टाइम सेड्युल त लिनुहुन्छ होला नी ! हाम्रो प्लेयरहरुलाई कहाँनिर खाना खखुवाउँछ ? कति टाइममा कहाँनिर जान्छ ? त्यो टाइमको त ब्रेक डाउन हुन्छ होला नी हजुर ?
महासचिव राईः होइन, त्यो गरेको हुन्छ, त्यो तऽऽऽ

मन्त्री गुप्ताः होइन, गरेको हुन्छ भन्दा पनि यसो हाम्रो खेलाडीलाई कतै पनि पठाउँदा खेरी डिटेल स्टडी त हामीसँग राख्नुपर्यो नी हजुर ! कति घण्टाको इन्टरभलमा ब्रेकफास्ट कहाँ गराउँछ ? लन्च कहाँ गराउँछ ? अनि त्यो कार्यविधि हामी नलिइकनै हाम्रो राष्ट्रिय प्लेयरहरुलाई कसरी त्यसरी हामी छोडिरहेका छौं ?

केही समयको मौनता

महासचिव राईः हजुरऽऽऽ

मन्त्री गुप्ताः होइन त्यो त गर्नुभएन नी ! होइन होइन, यो विषयमा चाँही एकचोटी डिटेल नै बस्नुपरयो होइन । किनभने अब हाम्रो राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नी । उहाँहरुको खानेकुरा कहाँ हुन्छ ? बस्ने कुरा कहाँ हुन्छ ? ए टु जेड तपाईंको टाइमिङ मिलिसकेपछि, सबैकुरा ल ठिक छ है भनिसकेपछि बल्ल मात्र तपाईंको हामीले पठाउने हो क्या । तर यो चाँही तपाईंलाई केही कुरा जानकारी नै छैन भन्नुहुन्छ । उतादेखि मैले लिएकै छैन भन्नुहुन्छ । त्यो त तपाईंले तअँऽऽऽ जे गर्नुपर्ने कुरा त गर्नुभएन त यो त ? होइन अब यस्तै मिस्टेकले गरेर अहिले हेर्नुत तपाईंको त्यहाँ सबैतिर तपाईंको प्लेयरले पनि अभिव्यक्ति दिइरहेको छ, यो भन्ने विषयमा चाँही । यो के पहिला चाँही हाम्रो यस्तो खाले टाइम सेड्युल माग्ने गरेको छ की छैन, कुनै पनि कन्ट्रीमा जाँदाखेरी ?

महासचिव राईः होइन, त्यस्तो माग्दैनौं । अँऽऽऽ उनीहरुले नै दिने हो ।

मन्त्री गुप्ताः किन माग्दैनौं ? यसको टेक्निकल टिम को हो ? टेक्निकल टिम को हो ? कसले चाँही म्यानेजमेन्ट गर्ने ? यो चाँही हाम्रो प्लेयर कहाँ बस्छ, के हुन्छ ? अल कुरा लोकेट हुनुपर्छ जस्तो लाग्छ की लाग्दैन तपाईंलाई ?

महासचिव राईः होइन होइन, त्यो, त्यो चाँही हाम्रो ऽऽऽ उनीहरुले नै व्यवस्थापन गर्ने हुन्छ क्या ।

मन्त्री गुप्ताः होइन होइन, उनीहरुले नै व्यवस्थापन गर्ने यस्तो क्या ! उनीहरुले नै व्यवस्थापन गर्ने भने पनि हाम्रो प्लेयरको के छ त व्यवस्थापन ? पहिला डिटेल दिनुस त्यसपछि हामी पठाउने हो क्या तपाईंको चाँही । होइन, भोलिको दिनमा उनीहरुले ल व्यवस्थापन नै नगरिदिनेभयो, हामीले यत्तिकै प्लेयर पठाउने ? अहिलेसम्म यसमा चाँही चेन्जेज गर्नुपर्यो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||