लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले मांसपेसीमा चोट लागेपछि टोलीका स्ट्राइकर सन ह्युङ मिन एक महिना मैदानबाट बाहिरिन सक्ने बताएका छन् ।
यस सिजन टोटनहमबाट २१ खेल खेलेका सनले आठ गोल तीन असिस्ट गरेका छन् ।
बुधबार इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सीसँग २–० को हार बेहोर्दा सन ७९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । यद्यपि कोन्टेले सन चेल्सीविरुद्धको खेलमा घाइते नभएको बताए ।
‘अवस्था निकै अनौठो छ । चेल्सीविरुद्धको खेलमा मैले दुई खेलाडी परिवर्तन गरेको थिए, लुकास मोउरा त्यसपछि सन । इन्जुरीका कारण नभई उनीहरुलाई केही समय आराम दिन परिवर्तन गरेकाे हु,’ कोन्टेले भने, ‘तर अर्को दिन सनले खुट्टाको मांसपेसीमा असहज महसुस गरेका बताए । अहिले उनी घाइते छन् । सम्भवतः उनले जनवरीको अन्त्यसम्म अभ्यास गुमाउने छन् ।’
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
