चैत्र १६, २०८२ सोमबार | २१:३८:३४
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

जावलाखेल र एपिएफले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा जावालाखेल युथ क्लब र एपिएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा सम्पन्न खेलबाट दुवै टोलीले तीन अंक जोड्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्य लिए पनि सफल भएनन् । 

२०औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

४०औं मिनेटमा अन्गुना जुनियरले बक्सबाहिरबाट गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एपिएफका मणि कुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा एपिएफका आशिष लामाको प्रहार जावालाखेलका रक्षकले विफल पारेका थिए । 

६२औं मिनेटमा सुनिल खड्काले उपलब्ध गराएको पासमा अन्गुना जुनियरले गरेको हेडर बाहिरिदा जावलाखेलले अग्रता लिने अवसरबाट वञ्चित भयो ।

७२औं मिनेटमा जावलाखेलका दिपेन्कराज सिंहले गरेको प्रहार बाहिरियो ।

८५ औं मिनेटमा एपिएफका नविन लामाको कर्नरमा बिक्की तामाङको प्रहार पहिलो बार नजिकबाट बाहिरिएको थियो । 

जावलाखेल  आठ खेलमा आठ अंकसहित नवौ स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको एपिएफ दशौं स्थानमा छ ।

यसअघि शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले बराबरी खेलेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो