काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा बिहीबार पनि ५ खेल हुँदैछ ।
पहिलो खेलमा डेनमार्कको कोपनहेगन एफसीले जर्मन क्लब बायर लेभरकुसनको आतिथ्य गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः३० बजे हुनेछ । सोही समयमा बेल्जियमको क्लब ब्रुग फ्रेन्च क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।
मध्यराति १२ः४५ बजे चार खेल हुनेछन् । जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टले टर्किस क्लब गालाटासारेको सामना गर्नेछ ।
यसैगरी पाँच पटकको च्याम्पियन स्पेनिस क्लब बार्सिलोनाले इङ्ल्यान्डको न्युक्यमसल युनाइटेडसँग प्रतिस्पर्धा गर्दो पोर्चुगिज क्लब स्पोर्टिङ र काजकिस्तानको एफसी कैरात आमने सामने हुनेछन् ।
यस्तै एक पटक च्याम्पियन बनेको इङ्लिस क्लब म्यानचेस्टर सिटीले इटालीको नापोलीलाई आतिथ्य गर्नेछ ।
नयाँ ‘फर्म्याट’मा च्याम्पियन्स लिगको यो दोस्रो सिजन हो । प्रत्येक टोलीले आठ भिन्न प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्ने फम्यार्टमा अंकतालिकाको शीर्ष आठभित्र अटाउनेले सोझै प्रिक्वार्टरफाइनलमा प्रवेश पाउनेछ । त्यस्तै नवौं देखि२४औं स्थानमा रहने टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन् । बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।