भाद्र २१, २०८२ आइतबार | ०८:३०:१८
अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान अयोग्य रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू फरक क्षमताको मान, पारा एथलिट सम्मान

ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट अन्तर्गत घरेलु टोली ताजकिस्तानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान आयुष घलानको अनुपस्थितिमा सिनियर टोलीबाट खेल्दै आएका लेफ्ट ब्याक सुमित श्रेष्ठलाई ‘क्याप्टेन आर्मब्यान्ड’को जिम्मेवारी दिएका छन् ।

तीन वर्षअघि सम्पन्न एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा आयुषले बंगलादेशविरुद्ध अनुशासनहीन कार्य गरेको भन्दै एएफसीले उनीमाथि एक खेलको प्रतिबन्ध लगाएको हो । बहराइनमा सम्पन्न उक्त खेलमा कप्तान आयुष र विपक्षी रक्षक अजिजुल हक एकअर्कासँग लड्न पुगेका थिए । अजिजुललाई अश्लील इशारा देखाएका आयुष रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

गोलपोस्टको जिम्मेवारीमा कृशल मोक्तान रहनेछन् । राइट ब्याकमा यु–१९ टोलीका कप्तान राम थापा छन् भने सेन्टरब्याक पोजिसनमा शंकर थारुले निङ्मा घिसिङलाई साथ दिनेछन् ।

४–३–३ शैलीमा मैदान उत्रिरहेको नेपालका लागि मिडफिल्डमा कृतिश रत्न छुन्जु, दीपेश गुरुङ र सन्तोष खत्री छन् । विंगरद्धय सुजन बलम्पाकी मगर र आरोन थापाले दायाँ र बाँया साइडबाट आक्रमण बुन्नेछन् ।

सेन्ट्रल फरवार्डमा निराजन धामी छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video