काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले बाबर आजम र मोहम्मद रिजवानलाई बाहिर राख्दै एसिया कपका लागि टोली घोषणा गरेको छ ।
आइतबार घोषित १७ सदस्यीय टोलीको कप्तानी जिम्मेवारी सलमान अघालाई दिइएको छ । एसिया कप आगामी सेप्टेबरमा हुँदैछ ।
बाबरले अन्तिम पटक सन् २०२४ डिसेम्बरमा पाकिस्तानी ट्वान्टी-२० टोलीको प्रतिनिधित्व गरेका थिए। सन् २०२५ पाकिस्तान सुपर लिग (पिएसएल) मा उनले पेशावर जल्मीबाट सात खेल खेलेका थिए । यद्यपि, हालै सम्पन्न वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामामा बाबरको प्रदर्शन साधारण रह्यो ।
रिजवान पनि केही समय यता ट्वान्टी-२० टोली बाहिर छन् । वेस्ट इन्डिज र बंगलादेशविरुद्धको शृंखलामा उनलाई टोलीमा राखिएको थिएन।
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय श्रृंखलामा भने रिजवाने कप्तानी जिम्मेवारी निभाएका थिए ।
एसिया कप अगाडि पाकिस्तानले युएइ र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी-२० शृंखला खेल्ने छ ।