चैत्र ८, २०८२ आइतबार | ०३:३५:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टोलीको फाइदाका लागि लुकाकुलाई बाहिर राखेः टचेल

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक थोमस टचेलले स्ट्राइकर रोमेलु लुकाकुको बारेमा अनावश्यक खबर सार्वजनिक भएपछि उनलाई आइतबार लिभरपुलविरुद्धको खेलमा टोलीमा समावेश नगरिएको बताएका छन् ।

लिभरपुलविरुद्धको खेल अघि नै लुकाकु टोलीमा समावेश नहुने खबर सार्वजनिक भएको थियो । टचेलले लुकाकुलाई २० सदस्यीय टोलीमा समावेश गरेका थिएनन् । सो खेल २-२ को बराबरी सकिएको थियो ।

बिहीबार स्काइ इटालियासँगको कुराकानीका क्रममा लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा खुशी नभएको बताएका थिए ।

‘लुकाकुको बारेमा धेरै हल्ला चलेको छ । उनलाई टोलीमा राख्दा त्यसले अर्कोे समस्या ल्याउन सक्छ । त्यसैले मैले उनलाई अभ्यास र खेल दौरान टोलीबाट बाहिर राखेको हुँ । मैले लुकाकाुसँग छलफल गरिसकेको थिए । लिभरपुलविरुद्धको महत्वपूर्ण भिडन्तका लागि मैले उनलाई मैदान बाहिर राख्ने निर्णय गरे । त्यो कठिन निर्णय थियो ।’

लुकाकु यसै सिजन इन्टर मिलानबाट स्टामफोर्ड ब्रिज फर्किएका थिए । 

लुकाकुले प्रिमियर लिगको आठ खेलमा पाँच गोल गरेका छन् । उनी यस सिजन पाँच पटक वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो