भाद्र ३, २०८२ बुधबार | १५:५३:३३
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम)को ब्रान्ड  एम्बासडर नियुक्त भएका छन् ।

मंगलबार एनसिएमले कृतिशलाई ब्रान्ड एम्बासडरका रुपमा सार्वजनिक गरेको हो ।

कृतश एक वर्षका लागि एनसिएमको ब्रान्ड एम्बासडर रहेनछन् । एनसिएमले कृतशसँगको सम्झौता रकम भने खुलाएको छैन ।

कार्यक्रममा एनसिएम बोर्ड अध्यक्ष विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, दक्षिण एसियाली फुटबल महासंघ (साफ)का उपाध्यक्ष तथा न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दर नरसिंह जोशी, एनसिएमका प्रधानाध्यापक सुशील भक्त माथेमालगायतको उपस्थिति थियो ।

कृतिशले गत वर्षमात्र एनसिएमबाट ‘ब्याचलर अफ बिजेनश एडमिनिस्ट्रेसन’(बिबिए)मा स्नातक तह पूरा गरेका थिए ।

ब्रान्ड एम्बासडर नियुक्त भएपछि कृतिशले आफू पढेको कलेजप्रति अब थप जिम्मेवारी बढेको प्रतिक्रिया दिए ।

‘तपाइँहरुसमक्ष यसरी ब्रान्ड एम्बासडर भएर उभिन पाउँदा खुसी लागेको छ । यो फुटबलमा पदक जित्नु सरह हो,’ कृतिशले भने, ‘कलेजप्रति मेरो जिम्मेवारी थप बढेको महसुस गरेको छु । म मेरो कलेजप्रति कृतज्ञ छु ।’

त्यस्तै प्राधानाध्यापक माथेमाले कृतिशले गर्दा कलेजको गरिमा बढेको बताए ।

‘तीन करोडमा प्रतिस्पर्धा गरेर अन्तिम २३ मा पर्नु आफैमा ठूलो कुरा हो । कृतिशले यो उपलब्धि हासिल गर्दा पूरा कलेज गर्वान्वित छ,’ माथेमाले भने, ‘कृतिश एकदमै मिहिनेती र मिलनसार विद्यार्थी हो । कृतिशले कलेजको गरिमा बढाएको छ ।’

अट्याकिङ मिडफिल्डर कृतिश हाल एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । कृतिशले दुई महिनाअघि एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसविरुद्ध पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । खेलको ७३औं मिनेटमा कृतिशले मनिष डाँगीलाई प्रतिस्थापन गरेका थिए ।

न्युरोड टिम (एनआरटी)बाट घरेलु फुटबल खेल्दै आएका कृतिश उमेर समूह हुँदै सिनियर राष्ट्रिय टोलीसम्म पुगेका खेलाडी हुन् । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा कृतिश धनगढी एफसीका मार्की खेलाडी थिए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary