भाद्र ३, २०८२ बुधबार | १५:५३:४६
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा सावित्रा

काठमाडौंं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।

मंगलबार सावित्रा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन धरेल सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको भए पनि रकम भने खुलाइएको छैन ।

सावित्राले कुनै पनि कन्सलटेन्सीको ब्रान्ड एम्बासडर बन्ने लामो समयदेखिको सपना पूरा गरिदिएकोमा म्याक्स्रिम्याक्लाई धन्यवाद दिइन् । 

उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने धारणा राखिन् । ‘बाटोमा हिँडदै गर्दा अरु खेलका खेलाडीको पोस्टर देख्दा मलाई पनि कुनै कन्सलटेन्सीसँग जोडिन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । आज त्यो सपना पूरा गरिदिएकोमा म्याक्सिम्याक्सलाई धन्यवाद । यो कदमले आगामी पुस्ताका खेलाडीलाई ऊर्जा मिल्ने विश्वास छ’ सावित्राले भनिन् ।

यसैगरी म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक धरेलले दुवै पक्षलाई फाइदा हुने खालको सम्झौता भएको बताए । ‘आपसी समझलारीमा दुवैलाई फाइदा हुनेगरी सम्झौता गरेका छौं । सावित्राले हामीलाई प्रचारप्रसारमा सघाउनुहुनेछ,’धरेलले भने ।  

सावित्राले पछिल्ला दुई सिजन एन भान गोङगाङ्पबाट फ्रान्सको शीर्ष डिभिजन लिग खेली थिइन् ।

उनी आगामी सिजनका लागि न्युजिल्यान्डको क्लब वेलिङ्गटन फोनिक्समा अनुबन्ध भएकी छन् । वेलिङ्गटनले अस्ट्रेलियन शीर्ष डिभिजनलिग खेल्ने गर्छ ।

त्यसअघि सावित्राले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् । नेपालमा विभागीय टोली एपिएफ एफसीबाट खेल्दै आएकी सावित्रासँग माल्दिभ्स र भारतीय लिग खेलेको अनुभव पनि छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले ५७ खेल खेल्दा ६६ गोल गरेकी छन् । दक्षिण एसियाली महिला फुटबलमा सावित्रा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

नेपालले भर्खरै मात्र सावित्राको कप्तानीमा एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेको थियो । उज्वेकिस्तानको राजधानी तास्केन्दमा सम्पन्न प्रतियोगितामा समूह ‘एफ’को उपविजेतामा सीमित भएपछि नेपाल अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करण खेल्नबाट बञ्चित भएको थियो ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary