फाल्गुन १०, २०८२ आइतबार | ०६:५६:०८
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा
शनिबारको दिन

तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट

काठमाडौं । इङ्ल्यान्डका जो रुटले सन् २०१२ मा भारतविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो पहिलो टेस्टमै अविजित ७३ र २० रन बनाउँदै विश्व क्रिकेट ध्यान आफूतिर खिच्न सफल भए । उनको प्रदर्शनमा इङ्ल्यान्डलाई टेस्ट बराबरी गर्न धेरै सहयोग पुगेको थियो ।

यो नतिजसँगै इङ्ल्यान्डले शृंखला २-१ ले आफ्नो पक्षमा पारेको थियो । त्यति बेला भारतीय टोलीमा सचिन तेन्दुलकर पनि थिए । यो एक पटकमात्र थियो, जब सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा रुटसँग एउटै मैदान साझा गरेका थिए । टेस्ट क्रिकेटमा १५ हजार ९२१ रनसहित सचिनले संन्यास लिइसकेका छन् ।

त्यतिबेला कसैले पनि सोचेका थिएनन्, तिनै रुट उनै सचिनको कीर्तिमान तोड्ने बाटोमा पुग्ने छन् भनेर । भर्खरै सम्पन्न भारतविरुद्धको टेस्ट शृखलामा रुटले ९ इनिङ्समा ५३७ रन बनाए । यससँगै उनले रिकी पोन्टिङ, ज्याक कालिस र राहुल द्रविडलाई पछि पारिसकेका छन् । अब रुटको अगाडि सचिन मात्रै छन् ।

 सचिन तेन्दुलकर ।

सचिन रुटभन्दा २ हजर ३७८ रनले अगाडि छन् । त्यसैले अब चर्चा हुन थालेको छ । यदि सचिनको कीर्तिमान कसैले तोड्न सक्छ भने त्यो जो रुटले नै हो ।

अबको दुई वर्षसम्म यही गतिमा अघि बढे भने उनले २०२७ मा ओभलमा हुने पाँचौं एसेज टेस्टमा सचिनलाई पछि पार्ने सम्भावना देखिन्छ ।

जो रुट उमेरले ३४ वर्षका भए । तर उनी उच्च लयमै छन् । यही लयलाई कायम राख्न सक्ने हो भने रुट अझै केही वर्ष मैदानमा देखिने छन् ।

१३ वर्षको करियरमा उनले १५७ टेस्टमा औसत ८५.४ को हिसाबले रन बनाइरहेका छन् । यही हिसाबमा उनलाई सचिनको कीर्तिमानसम्म पुग्न थप ३० टेस्ट चाहिन्छ ।

तर रुटले सन् २०२१ को सुरुदेखि आफ्नो प्रदर्शनमा सुधार गरेका छन् । त्यसयता उनले उनले ६० टेस्ट खेल्दा औसत ९३ रन बनाएका छन् । उनले हालसम्म ३९ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।

यदि अबको दुई वर्षसम्म यही गतिमा अघि बढे भने उनले २०२७ मा ओभलमा हुने पाँचौं एसेज टेस्टमा सचिनलाई पछि पार्ने सम्भावना देखिन्छ ।

भारतविरुद्ध ब्याटिङ गर्दै जो रुट ।

रुटले धेरै कीर्तिमान आफ्नो नाममा गराइसकेका छन् । उनले इङ्ल्यान्डका लागि सबैभन्दा धेरै टेस्ट रन, सबैभन्दा धेरै टेस्ट शतक, इङ्ल्यान्ड कप्तानको रूपमा सबैभन्दा धेरै खेल, सबैभन्दा धेरै जित, टेस्टमा धेरै क्याच गर्ने फिल्डरजस्ता कीर्तिमान आफ्नो नाममा गराएका छन् । अब उनको एउटै मात्र लक्ष्य भनेको सचिनको कीर्तिमान तोड्नु हो । त्यसैले रुट पछिल्लो समय टेस्ट क्रिकेटमा मात्र बढी केन्द्रित भएका छन् ।

इङ्ल्यान्डका पूर्वकप्तान एलिस्टर कुक पनि रुट टेस्ट क्रिकेटको उच्च रनकर्ता बन्न सक्ने तर्क गर्छन् । ‘अहिले जस्तो लय कायम राख्न सक्ने हो भने रुट अझै केही वर्ष मैदानमा देखिनेछन् । यति लामो यात्रामा उनले आफू कुन स्तरको ब्याटर हुँ भनेर प्रमाणित गरिसकेका छन् । त्यसैले उनी टेस्ट क्रिकेटका उच्च रनकर्ता बन्ने मेरो विश्वास छ,’ कुकले भनेका छन् ।