पुस २३, २०८२ बिहीबार | ०३:५७:३४
तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई
शनिबारको दिन

एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दुईको अक्सनमा आज शनिबार बढिमा चार करोड रुपैयाँको कारोबार हुँदा ३७ खेलाडीको भाग्य निर्धारण हुनेछ ।

आठ फ्रेन्चाइज टिमले अघिल्लो वर्षबाट रिटेन गरेवाहेकका खेलाडी आजको अक्सनबाट किनेर नेपाली खेलाडी संख्या १० पुर्याउनुपर्नेछ । त्यसमा मार्की खेलाडी समावेश छैन । अघिल्लो वर्षका खेलाडीमध्ये प्रत्येक टिमलाई बढिमा ६ खेलाडी रिटेन र ६ सम्म खेलाडी रिलिज गर्ने सुविधा थियो । त्यसमध्ये आठ टिमले गरि ४३ खेलाडी रिटेन गरेका छन् भने ४५ खेलाडीलाई रिलिज गरेका छन् ।

आजको अक्सनमा आठ टिमले कूल ३७ खेलाडी किन्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले ४५८ खेलाडीको आवेदनबाट छानेर अक्सनमा १५० खेलाडी उपलब्ध गराएको छ । जसमा ८ जना ‘ए’ श्रेणीका छन् भने ‘बी’ श्रेणीमा ३५ तथा ‘सी’ मा १०७ खेलाडी छन् । यसपाली क्यानले वर्गीकरण गर्ने पूर्ण अधिकार स्वयम खेलाडीमा छोडेको थियो ।

त्यसअनुसार सम्बन्धित टिमले रिटेन नगरेका खेलाडीमध्ये ‘ए’मा आफूलाई वर्गिकरण गर्नेमा पूर्व राष्ट्रिय खेलाडी शरद भेषवाकर पनि छन् । उनीसँगै शीर्ष श्रेणीमा दुई विकेटकिपर अर्जुन साउद र दीलिप नाथ, ब्याटर देव खनाल र सुनाम गौतम, अलराउन्डर पवन सर्राफ र मोहम्मद आदिल आलम तथा वायाँ हाते स्पिनर सूर्य तामाङ छन् ।

खेलाडी डटकमको अर्काइबबाट एनपिएल सिजन एकको तस्विर । 

यसैगरि ‘बी’ श्रेणीमा यु-१९ राष्ट्रिय टिमका खेलाडीको बाहुल्य छ । अक्सनमा फ्रेन्चाइजहरूले सबभन्दा धेरै ‘बी’ श्रेणीकै खेलाडीमा प्रतिस्पर्धा गर्ने सम्भावना बढि छ ।

क्यानले एनपिएल दुईका लागि बनाएको नियमअनुसार अक्सनबाट टिमहरूले आफूलाई आवश्यक खेलाडी जुनसुकै श्रेणीबाट पनि किन्न सक्नेछन् । ‘ए’ श्रेणीको आधार मुल्य १० लाख रुपैयाँ छ भने ‘बी’ को ५ लाख तथा ‘सी’ श्रेणीको २ लाख रुपैयाँ तोकिएको छ । कुनै पनि खेलाडीको कारोवार आधारमुल्य भन्दा तल ओर्लिएर गर्न पाइनेछैन ।

अक्सनमा यसपाली श्रेणीको पावन्दी नराखिएको तथा अक्सनका लागि तयार गरिएको १५० खेलाडीको सूचिमा पनि अन्तिम समयमा केही थप गर्ने सम्भावना रहेको क्यानको स्रोतले खेलाडी डटकमलाई जानकारी गरायो । तर पैसाको भने पावन्दी हुनेछ । प्रत्येक टिमलाई तोकिएको ९० लाखसम्म खर्च गर्न पाउने व्यवस्थाबाट कुनै पनि टिमले खेलाडी रिटेन गर्दा खर्चेको पैसाबाट बाँचेको रकममात्र यसपाली अक्सनमा प्रयोग गर्न पाउनेछ, ।

स्रोतका अनुसार सबभन्दा धेरै चितवन राइनोजसँग ५८ लाख रुपैयाँ बाँकी छ भने साविक विजेता जनकपुर बोल्ट्ससँग सबभन्दा कम ३३ लाख रुपैयाँ खेलाडी खरिदका लागि उपलब्ध छ । यसैगरी मार्कीबाहेक नेपाली खेलाडीको संख्या १० पुर्याउनका लागि जनकपुरसँगै कर्णाली याक्स र पोखरा एभेन्जर्सले समान ४ खेलाडी किन्नेछ भने गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्ससँगै चितवन, काठमाडौं गोर्खाज, विराटनगर किंग्सर लुम्बिनी लायन्सले समान ५ खेलाडी खरिद गर्नेछ ।

खेलाडी डटकमको अर्काइबबाट एनपिएल सिजन एकको तस्विर । 

अक्सनबाट कुनै पनि टिमले चाहेको खेलाडीबाट १० जनाको टिम पूरा गर्न नसके बाँकी रहेका खेलाडी अनसोल्डमध्येबाट छानेर किन्न पाउनेछन् । अनसोल्डको विसलिस्टमा पनि प्रतिस्पर्धा भए गोलाप्रथा गरिने बताइएको छ । तर अनसोल्डमा कुनै पनि खेलाडी खरिद गर्दा उ दर्ता भएको श्रेणीअनुसारको आधार मुल्य तिर्नुपर्नेछ ।

नेपाली खेलकुदमै सबभन्दा धेरै अन्तर्राष्ट्रिय चर्चा बटुल्न सफलमध्येको एक इभेन्ट एनपिएलको सिजन दुईका लागि क्यानले अझैसम्म मिति भने सार्वजनिक गर्न सकेको छैन । अघिल्लो सिजनमा बेटिङ कम्पनीका सरोगेट कम्पनीलाई भित्र्याएको तथा आर्थिकसँगै प्रशासनिक अपारदर्सिताको विवादका कारण सिजन दुई केही साताअघिसम्म पनि अन्योलमा थियो ।

सिजन एकको छानविन चलिरहको बहानामा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएल दुई रोक्ने संकेत गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छानविन आफ्नो ठाउँमा चल्छ, खेल नरोक्नु’ भन्दै निर्देशन दिएपछि प्रतियोगिता हुने चाँही पक्का भएको छ । प्रधानमन्त्री ओलीकै विशेष पहलमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्यारापिट, फ्लडलाइट तथा अन्य सुविधा थपेर आधुनिकीकरण गर्ने काम चलिरहेको छ । मैदान पुर्ननिर्माणको काम सकिएपछि क्यानले सिजन दुईको मिति तोक्ने बताइन्छ ।