माघ १५, २०८२ बिहीबार | १५:२२:२६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एन्फा कार्यसमिति बैठक : वरिष्ठ उपाध्यक्षसहित चारले गरे एजेन्डा थप्ने माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को २२ पुसमा बस्ने बोर्ड बैठकका लागि वरिष्ठ उपाध्यक्ष सहित चार जनाले एजेन्डा थप गर्नका लागि आइतबार माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सहित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्यद्वय किरण राई र दावा लामाले एजेन्डा थप गर्नका लागि आइतबार लिखित माग दर्ता गराएका हुन् ।

नेम्वाङको नेतृत्वमा थप दुई उपाध्यक्षसहित सात जनाले माग गरेपछि एन्फा नेतृत्वले यही पुस २२ गतेकका लागि कार्यसमिति बैठक बोलाएको थियो । नेम्वाङ नेतृत्वको असन्तुष्ट समूहले पुस एक गते एन्फामा कार्यसमिति बैठक माग गर्दै पत्र बुझाएको थियो । त्यहीअनुसार एन्फाले गएको १५ गते सबै कार्यसमिति सदस्यलाई पत्राचार गर्दै बैठक आह्वान गरेको थियो ।

विधानअनुसार कार्यसमितिका सदस्यहरुले माग राखेपछि नेतृत्वले त्यसको १५ दिनभित्र एजेन्डासहित बैठक आह्वान गर्नुपर्छ । यसरी एजेन्डा पठाएको तीन दिनभित्र कार्यसमितिका सदस्यले आफ्ना तर्फबाट केही थप गर्नु परे एन्फा सचिवालयमा प्रस्ताब गर्नुपर्छ । त्यसरी सदस्यहरुबाट प्रस्ताब आएपछि बैठकको तीन दिनअघि एन्फाले उनीहरुको एजेन्डा समावेश गरे/नगरेको बारे जानकारी गराउनुपर्छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले वरिष्ठ उपाध्यक्षसहित चार जनाले एजेन्डा थपको माग गरेको बताउँदै अध्यक्ष कर्माछिरिङ शेर्पाले ती एजेन्डा समावेश गर्ने/नगर्ने विषयमा निर्णय गर्ने जानकारी गराए ।

‘उहाँहरुले थुप्रै एजेन्डा थप गर्नका लागि प्रस्ताब गर्नुभएको छ । मैले अध्यक्षज्युलाई पठाएको छु । अब अध्यक्षले तिनको अध्ययन गरेर आवस्यकताअनुसार निर्णय गर्नुहुनेछ,’ तुलाधरले भने ।

एन्फा अध्यक्ष शेर्पाले वरिष्ठ उपाध्यक्ष नेम्वाङ र उपाध्यक्ष खड्कासहित चार जनाले थप्न चाहेका एजेन्डाहरुको अध्ययन गरेर सोमबारसम्ममा निर्णय गर्ने बताए । 

‘छलफल गर्न केही समस्या हुँदैन । उहाँहरुले पनि फुटबल विकासका लागि छलफल गर्न चाहनुभएको हो । उहाँहरुले के विषय थप्न चाहनुभएको छ भन्ने मलाई जानकारी छैन । म अध्ययन गरेर समयमै निर्णय लिन्छु,’ उनले भने ।

विधानअनुसार एन्फाले सोमबारसम्ममा सदस्यहरुलाई एजेन्डा थप गरे/नगरेको विषयमा जानकारी गराइसक्नुपर्छ । यसअघि एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई बैठकको जानकारी गराउने क्रममा छलफलका लागि १९ एजेन्डा प्रस्ताब गरेको थियो ।

नेम्वाङ र उपाध्यक्ष खड्काले बैठकमा थप गर्नका लागि समान ६ तथा केन्द्रिय सदस्य राईले तीन र लामाले चार एजेन्डा प्रस्ताब गरेका छन् ।

नेम्वाङले थप्न चाहेका एजेन्डा :

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को कान्तिपुर टिभीसँग भएके सम्झौता सम्बन्धमा । 

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को गेट टिकट विक्री सम्बन्धि भएको सम्झौता सम्बन्धमा । 

वर्ष खेलाडी र लाइफटाइम एचिभमेन्ट पुरस्कार सम्बन्धमा । 

प्रशिक्षकहरुको तलववृद्धि सम्बन्धमा ।

राखेप, एएफसी र फिफाबाट पारित विधान सम्बन्धमा ।

एन्फाले भाडामा लिएको घर (फ्ल्याट) सम्बन्धमा ।

खड्काले थप्न चाहेका एजेन्डा :


भक्तपुर जिल्ला फुटबल संघ सम्बन्धि ।

शेर्पा आउटडोर स्पोर्टस गुड्स इन्डस्ट्रिज, भाटभटेनीसँगको सम्झौता सम्बन्धमा ।

लिग संयोजक विज्ञानराज शर्माज्यूले खेलाडी डटकम  www.kheladi.com मा दिएको अभिव्यक्ति सम्बन्धमा । 

१९औं साधारणसभाले ११ जिल्लालाई ५०/५० लाख दिने निर्णय सम्बन्धमा । 

रौतहटको प्रोजेक्ट सम्बन्धमा । 

एन्फा कर्मचारीको सम्झौता पत्र सम्बन्धमा ।

राईले थप्न चाहेका एजेन्डा :

त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम सम्बन्धमा । 

केन्द्रिय निर्वाचन समिति गठन सम्बन्धमा ।

विषय सुची संसोधन सम्बन्धमा (विषय सुची नम्बर १३) संघको नियमित साधारण सभामात्र उल्लेखित भएको हुँदा संघको निर्वाचन मिति घोषणा सहितको विषय सुची संसोधन सम्बन्धमा

लामाले थप्न चाहेका एजेन्डा :

पेश्की तथा सापटी सम्बन्धमा ।

हवाई टिकट सम्बन्धमा । 

फुटसल लिगका लागि टर्नपाइकसँगको सम्झौता सम्बन्धमा । 

फिनान्स डिरेक्टर सम्बन्धमा ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।