चैत्र ११, २०८२ बुधबार | १४:५३:४०
करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै

एन्फा कार्यसमिति बैठक : वरिष्ठ उपाध्यक्षसहित चारले गरे एजेन्डा थप्ने माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को २२ पुसमा बस्ने बोर्ड बैठकका लागि वरिष्ठ उपाध्यक्ष सहित चार जनाले एजेन्डा थप गर्नका लागि आइतबार माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सहित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्यद्वय किरण राई र दावा लामाले एजेन्डा थप गर्नका लागि आइतबार लिखित माग दर्ता गराएका हुन् ।

नेम्वाङको नेतृत्वमा थप दुई उपाध्यक्षसहित सात जनाले माग गरेपछि एन्फा नेतृत्वले यही पुस २२ गतेकका लागि कार्यसमिति बैठक बोलाएको थियो । नेम्वाङ नेतृत्वको असन्तुष्ट समूहले पुस एक गते एन्फामा कार्यसमिति बैठक माग गर्दै पत्र बुझाएको थियो । त्यहीअनुसार एन्फाले गएको १५ गते सबै कार्यसमिति सदस्यलाई पत्राचार गर्दै बैठक आह्वान गरेको थियो ।

विधानअनुसार कार्यसमितिका सदस्यहरुले माग राखेपछि नेतृत्वले त्यसको १५ दिनभित्र एजेन्डासहित बैठक आह्वान गर्नुपर्छ । यसरी एजेन्डा पठाएको तीन दिनभित्र कार्यसमितिका सदस्यले आफ्ना तर्फबाट केही थप गर्नु परे एन्फा सचिवालयमा प्रस्ताब गर्नुपर्छ । त्यसरी सदस्यहरुबाट प्रस्ताब आएपछि बैठकको तीन दिनअघि एन्फाले उनीहरुको एजेन्डा समावेश गरे/नगरेको बारे जानकारी गराउनुपर्छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले वरिष्ठ उपाध्यक्षसहित चार जनाले एजेन्डा थपको माग गरेको बताउँदै अध्यक्ष कर्माछिरिङ शेर्पाले ती एजेन्डा समावेश गर्ने/नगर्ने विषयमा निर्णय गर्ने जानकारी गराए ।

‘उहाँहरुले थुप्रै एजेन्डा थप गर्नका लागि प्रस्ताब गर्नुभएको छ । मैले अध्यक्षज्युलाई पठाएको छु । अब अध्यक्षले तिनको अध्ययन गरेर आवस्यकताअनुसार निर्णय गर्नुहुनेछ,’ तुलाधरले भने ।

एन्फा अध्यक्ष शेर्पाले वरिष्ठ उपाध्यक्ष नेम्वाङ र उपाध्यक्ष खड्कासहित चार जनाले थप्न चाहेका एजेन्डाहरुको अध्ययन गरेर सोमबारसम्ममा निर्णय गर्ने बताए । 

‘छलफल गर्न केही समस्या हुँदैन । उहाँहरुले पनि फुटबल विकासका लागि छलफल गर्न चाहनुभएको हो । उहाँहरुले के विषय थप्न चाहनुभएको छ भन्ने मलाई जानकारी छैन । म अध्ययन गरेर समयमै निर्णय लिन्छु,’ उनले भने ।

विधानअनुसार एन्फाले सोमबारसम्ममा सदस्यहरुलाई एजेन्डा थप गरे/नगरेको विषयमा जानकारी गराइसक्नुपर्छ । यसअघि एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई बैठकको जानकारी गराउने क्रममा छलफलका लागि १९ एजेन्डा प्रस्ताब गरेको थियो ।

नेम्वाङ र उपाध्यक्ष खड्काले बैठकमा थप गर्नका लागि समान ६ तथा केन्द्रिय सदस्य राईले तीन र लामाले चार एजेन्डा प्रस्ताब गरेका छन् ।

नेम्वाङले थप्न चाहेका एजेन्डा :

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को कान्तिपुर टिभीसँग भएके सम्झौता सम्बन्धमा । 

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को गेट टिकट विक्री सम्बन्धि भएको सम्झौता सम्बन्धमा । 

वर्ष खेलाडी र लाइफटाइम एचिभमेन्ट पुरस्कार सम्बन्धमा । 

प्रशिक्षकहरुको तलववृद्धि सम्बन्धमा ।

राखेप, एएफसी र फिफाबाट पारित विधान सम्बन्धमा ।

एन्फाले भाडामा लिएको घर (फ्ल्याट) सम्बन्धमा ।

खड्काले थप्न चाहेका एजेन्डा :


भक्तपुर जिल्ला फुटबल संघ सम्बन्धि ।

शेर्पा आउटडोर स्पोर्टस गुड्स इन्डस्ट्रिज, भाटभटेनीसँगको सम्झौता सम्बन्धमा ।

लिग संयोजक विज्ञानराज शर्माज्यूले खेलाडी डटकम  www.kheladi.com मा दिएको अभिव्यक्ति सम्बन्धमा । 

१९औं साधारणसभाले ११ जिल्लालाई ५०/५० लाख दिने निर्णय सम्बन्धमा । 

रौतहटको प्रोजेक्ट सम्बन्धमा । 

एन्फा कर्मचारीको सम्झौता पत्र सम्बन्धमा ।

राईले थप्न चाहेका एजेन्डा :

त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम सम्बन्धमा । 

केन्द्रिय निर्वाचन समिति गठन सम्बन्धमा ।

विषय सुची संसोधन सम्बन्धमा (विषय सुची नम्बर १३) संघको नियमित साधारण सभामात्र उल्लेखित भएको हुँदा संघको निर्वाचन मिति घोषणा सहितको विषय सुची संसोधन सम्बन्धमा

लामाले थप्न चाहेका एजेन्डा :

पेश्की तथा सापटी सम्बन्धमा ।

हवाई टिकट सम्बन्धमा । 

फुटसल लिगका लागि टर्नपाइकसँगको सम्झौता सम्बन्धमा । 

फिनान्स डिरेक्टर सम्बन्धमा ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो