काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि २ खेल हुदैछन् ।
आजको खेलहरु जनकपुर र विरगञ्जमा हुदैछन् । जनकपुरमा हुने खेलमा कर्णाली प्रदेशले कोशीसँग खेल्दैछ । दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली यस खेलमा पहिलो जित हासिल गर्ने लक्ष्यमा रहेका छन् ।
पहिलो खेलमा वर्षा कारक बनेर खेल नभएपछि समान १ अंक पाएका दुवै टोली दोस्रो खेलमा भने पराजित भएका थिए । कर्णाली दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदा कोशी भने लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।
आजै हुने अर्को खेलमा विरगञ्जको टिबी साह क्रिकेट मैदानमा मधेश प्रदेशले सुदूरपश्चिमको सामना गर्दैछ । दुवै टोलीको यो दोस्रो खेल हो । सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेकोमा मधेशले भने कोशी प्रदेशसँग अंक बाडेको थियो ।
आजका दुवै खेल बिहान ९ बजेपछि सुरु हुनेछन् ।
