काठमाडौं। आगामी अप्रिलमा रुवान्डामा आयोजना हुने आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक महिला टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षण प्रशिक्षणका लागि २९ सदस्यीय टोली छनोट गरिएको जानकारी दिएको हो ।
प्रवक्ता छुम्बी लामाका अनुसार यस प्रारम्भिक टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रणबाट तयार पारिएको छ ।
छनोटमा परेका खेलाडीहरू
बिन्दु रावल, सम्झना खड्का, पूजा महतो, इन्दु वर्मा, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, सिमना केसी, राजमती ऐरी, रचना चौधरी, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, अलिशा यादव, तृष्णा विक, कुसुम गोदार, सीता राना मगर, सोनी पाख्रिन, सना प्रवीण, लक्ष्मी साउद, यशोदा विष्ट, अन्जी पाठक र रमा बुढाथोकी छन्।

