असार २८, २०८२ शनिबार | १६:३१:३०
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

साफ यु–२० च्याम्पियनसिप २०२५ मा भुटानविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नेपाली टोली प्रशिक्षणमा व्यस्त, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिप २०२५ मा नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरिना रंगशालामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुनेछ ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपाली टोली मिडफिल्डर विर्सना चौधरीको कप्तानीमा मैदान उत्रिनेछ ।

नेपाल र भुटानबीचको प्रतिस्पर्धाअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंका आमने-सामने हुनेछन् । उक्त खेल नेपाली समय अनुसार २ः४५ बजे हुनेछ । प्रतियोगितामा यिनै चार टोलीको मात्र सहभागिता छ ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

भुटानपछि नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश तथा जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ । त्यसपछि नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्नेछ ।

माथिल्लो उमेर समूहको यो प्रतियोगिताले तीन संस्करण पार गर्दा नेपालले उपाधि जित्न सकेको छैन ।
नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरणकुमार कार्की छन् । त्यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मिनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छिन् ।

नेपाली टोली
बिर्साना चौधरी (कप्तान), लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH