मंसिर २४, २०८२ बुधबार | १५:१९:५१
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन

को बलियो ? पिएसजी कि चेल्सी ?

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इफान्टिनोको महत्वाकांक्षी प्रतियोगिता क्लब विश्वकप २०२५ मा अब फाइनल मात्रै बाँकी छ । अमेरिकामा भएको यो प्रतियोगिता कति सफल रह्यो अथवा असफल, कति ठीक थियो अथवा बेठिक अबको केही दिनमा विश्लेषण हुने नै छ । तर अहिलेका लागि सबैको ध्यान भने फाइनलमै केन्द्रित छ । र, त्यसमा भिड्दै छन्, पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सी ।

प्रतियोगिता सुरु हुँदा लागि रहेको थियो, यसपल्ट दक्षिण अमेरिकी टिमका बाहुल्य हुनेछ । यसको कारण हो, अमेरिकाको गर्मीको माहौल । युरोपेली क्लबलाई त्यस प्रचण्ड गर्मीको स्थितिमा खेल्न गाह्रै भयो । तर पछि प्रतियोगिता अगाडि बढ्ने क्रममा युरोपेली क्लबकै वर्चश्व देखिन थाल्यो । र, त्यसकै नतिजा हो, फाइनलमा दुई युरोपेली क्लब पुग्नु । दुवैका लागि यो फाइनल आफ्नो सफल सिजनलाई अझ सफल बनाउने अवसर हो ।

सबैभन्दा पहिले पिएसजीकै कुरा । सम्भवतः उपाधिका लागि यो नै सबैभन्दा बलियो प्रत्यासी हो । अहिले पिएसजी आफ्नो पूरा क्लब इतिहासमै सबैभन्दा बढी सुन्दर लयमा छ ।

सबैभन्दा पहिले पिएसजीकै कुरा । सम्भवतः उपाधिका लागि यो नै सबैभन्दा बलियो प्रत्यासी हो । अहिले पिएसजी आफ्नो पूरा क्लब इतिहासमै सबैभन्दा बढी सुन्दर लयमा छ । टोलीले फ्रान्सेली लिग र कप दुवै जित्यो, यसमा धेरै आश्चर्यत त थिएन नै । तर उसले जसरी युरोपियन च्याम्पियन्स लिग जित्यो त्यो भने शानदार नै थियो । फाइनलमा पिएसजीले इन्टर मिलान जत्तिको टिमलाई ५–० ले हराएको थियो ।

पेरिस सेन्ट जर्मन (पिएसजी)को टोली

अब यही टिमले क्लब विश्वकपको सेमिफाइनलमा रियाल मड्रिडलाई सजिलै खेलाई खेलाई ४–० ले हरायो । यसले प्रस्ट पार्छ, पिएसजी वास्तवमै कति धेरै बलियो छ भनेर । पिएसजीका अहिलेका प्रशिक्षक हुन्, लुइस एनरिके । उनी आएपछि क्लबको प्रदर्शन साँच्चै अब्बल भएको छ । पिएसजीले अपेक्षा अनुसार क्लब विश्वकपको उपाधि पनि जित्छ भने अबका केही वर्ष युरोपमा यही क्लबको वर्चश्व हुन सक्छ ।

‘फाइनल पुग्नु हाम्रो लागि ठूलै उपलब्धी हो, यो प्रतियोगिता जितेर हामीले यो सिजनलाई अझ शानदार बनाउन सक्छौं,’ एनरिकेले भनेका छन् । लगभग यस्तै स्थिति चेल्सीको पनि छ । त्यसो त चेल्सीले इङ्लिस प्रिमियर लिगमा खासै ठूलो केही गर्न सकेन् । तर चौथो स्थानमा रहेर च्याम्पियन्स लिगका लागि छनोट हुन भने सफल भयो । प्रिमियर लिगको शीर्ष चारमा आउनुलाई ठूलै मान्न सकिने अर्को दृष्टिकोण पनि छ ।

तय छ, जसरी पूरा सिजन पिएसजीको प्रदर्शन रह्यो, यो चेल्सीको तुलनामा बलियो छ । तर निर्णायक खेलमा के कस्तो हुनेछ, त्यो अनुमान गर्न कहाँ सकिन्छ र ?

चेल्सीले यो सिजन चुमेको सबैभन्दा ठूलो उपलब्धी भनेको युरोपा कन्फ्रेन्स लिग जित्नु हो । अहिले यही चेल्सी अमेरिकामा फाइनल पुगेको छ । फाइनल पुग्ने क्रममा चेल्सीले ब्राजिलको फ्लुमिनेसलाई हराएको थियो । यससँगै प्रतियोगितामा दक्षिण अमेरिकी चुनौती सकिएको थियो । चेल्सीको फाइनल यात्रामा भाग्यको बढी हात छ भन्ने पनि उत्तिकै छन् ।

फिफा क्लब विश्वकपको फाइनलमा फ्लुमिनेन्सविरुद्ध गोल गरेपछि चेल्सीका स्ट्राइकर जाओ पेड्रो ।  उनीसँग खुसी साट्दै विंगर पेड्रो नेटो ।

उसका प्रशिक्षक इन्जो मारेस्का पनि मान्छन्, चेल्सीका लागि यो सिजन राम्रै रहेको छ, क्वब विश्वकप जित्यो भने झन राम्रो हुनेछ । उनी भन्छन्, ‘हामीले क्वब विश्वकप जितेर हाम्रो यो सिजनलाई अझ राम्रो बनाउन सक्छौं ।’ त्यस अर्थमा दुवै क्लबको स्थिति एकै खाले हो । तर तय छ, जसरी पूरा सिजन पिएसजीको प्रदर्शन रह्यो, यो चेल्सीको तुलनामा बलियो छ । तर निर्णायक खेलमा के कस्तो हुनेछ, त्यो अनुमान गर्न कहाँ सकिन्छ र ?