असार २८, २०८२ शनिबार | १६:०६:४९
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा
शनिबारको दिन

अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान

काठमाडौं । खेलाडीको जीवन सँधै एकनासको हुँदैन । वर्षौँको संघर्ष, मिहिनेत र लगानीको प्रतिफलस्वरुप आफ्नो करिअरको शिखरमा रमाइरहेकै बेला खेलाडीले ओरालीलाई अँगाल्नु पर्ने बाध्यता आइपर्छ । यस्तै अवस्थामा आइपुगेकी छिन्, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर (दुई हप्ताअघि सम्म कप्तान) अन्जिला तुम्बापो सुब्बा ।

अन्जिलाकै शब्दमा भन्दा सगरमाथाको शिखरमा पुग्नै लाग्दा ह्वात्तै ‘बेसक्याम्प’ झरे जस्तो ।

पाँचथरको फाक्तेब गाउँ देखि इलाम अनि सशस्त्र प्रहरी बल (एपिएफ) देखि राष्ट्रिय टोलीसम्मको यात्रा गरेकी अन्जिलाले आफ्नो जीवनमा विभिन्न उतारचढाव भोगेकी छन् । कठिन बाल्यकाल र संघर्षपूर्ण किशोरावस्थालाई पार लगाउँदै राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दै आएकी अन्जिलाले गत सिजन युरोपमा व्यावसायिक फुटबल खेलिन् ।

गत वर्ष फागुन अन्तिम साता उनको नाममा चलचित्र पनि बन्यो । आफ्नै जीवनीमा बनेको चलचित्रमा उनले आफ्नो भूमिकामा आफैँ अभिनय गरिन् । चारै तिरबाट ह्वाह्वाई पाइन् । तर, अहिले परिस्थिति फेरिएको छ ।

अन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्म ‘अन्जिला’ ।

गत हप्ता नेपाली टोलीले उज्वेकिस्तानको राजधानी तास्केन्दमा एएफसी एसियन कप छनोट प्रतियोगितामा सहभागिता जनायो । सुनौलो पुस्तामा रमिरहेको नेपाली टोलीमा अन्जिला सबैभन्दा अनुभव भएकी खेलाडी थिइन् । उनको नाममा ५७ अन्तर्राष्ट्रिय क्याप (सबैभन्दा धेरै) थियो ।

अन्जिला मानसिक रुपमा तयार थिइन् । यसपालि जसरी पनि राष्ट्रलाई पहिलो पटक छनोट चरण पार गरेर एसियन कप पुर्याउने हुटहुटी मनमा थियो । प्रो लाइसेन्स प्रशिक्षकको आगमनामा मन प्रफुल्लित थियो । सपना बुन्न थालिसकेकी थिइन् ।

अन्जिलालाई आफू खेल्न नपाएकोमा रत्तिभर गुनासो छैन । तर, प्रशिक्षकको व्यवहारले उनलाई ठेस पुर्याएको छ । उज्वेकिस्तान भ्रमणमा प्रशिक्षकबाट सहेको अपमान सम्झँदा अहिले पनि आफूलाई सम्हाल्न सक्दिनन्, अन्जिला ।

तर, अहिले अन्जिला एक हप्ताअघिका ती पीडादायी क्षणहरु सम्झन चाहन्नन् । उनको मन बेस्सरी दुखेको छ । किन ? चार वर्षमा एकपटक आउने अवसरलाई अन्जिलाले मैदानमा डटेर आत्मसात गर्न पाइनन् । मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डको मन जित्न नसक्दा अन्जिला करिअरकै उच्च लयमा रहँदा बेन्चमा सीमित हुन पुगिन् । निर्णायक खेलमा नेपाल पेनाल्टी सुटआउटमा घरेलु टोलीसँग पराजित हुनुपरेको दृश्य ‘प्लेयर बक्स’मा बसेर हेर्नुबाहेक विकल्प अन्जिलासँग थिएन ।

अन्जिलालाई आफू खेल्न नपाएकोमा रत्तिभर गुनासो छैन । तर, प्रशिक्षकको व्यवहारले उनलाई ठेस पुर्याएको छ । उज्वेकिस्तान भ्रमणमा प्रशिक्षकबाट सहेको अपमान सम्झँदा अहिले पनि आफूलाई सम्हाल्न सक्दिनन्, अन्जिला ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली खेलाडीलाई सम्हालिन गाह्रो, तस्वीर सौजन्यः एनएसजेएफ ।

‘प्यट्रिक (सर)ले मलाई छुट्टै व्यवहार गर्नुहुन्थ्यो । अपमानित महसुस गर्थेँ । मैले कहिले गल्ती गर्छु र गाली गरौंला भन्ने माहोल थियो,’ आँसु थाम्दै अन्जिला सुनाउँछिन्, ‘सुरु सुरुमा सरको सुझाव गुलियो लाग्थ्यो । पछि एउटै गल्तीलाई कोट्याएपछि त्यही सुझाव तितो लाग्न थाल्यो । मैले बुझेँ, यसपालि मौका पाइन्न ।’

प्याट्रिकले तीनवटै खेलमा दोस्रो रोजाईमा खेल्दै आएकी अञ्जना रानामगरलाई मौका दिए । उज्वेकिस्तान भ्रमणपछि अञ्जिलालाई अन्तर्राष्ट्रिय क्यापमा साथी गीता रानामगरले उछिनेकी छन् । तर, यो कुरामा अञ्जिलालाई कुनै पनि अफसोच छैन । मतलब पनि नहुन सक्छ ।

केही कुराले भने उनको मन साह्रै कुँडिएको छ । जस्तो कि उनले आफ्नो ‘बेस्ट फ्रेन्ड’ सावित्रा भण्डारी (साम्बा)सँग मज्जाले आफ्नो खुसी साट्न पाइनन् ।

अन्जिलालाई अहिले पनि साम्बालाई गम्लङ्ग अँगालो हालेर रुन मन छ । खुसीको आँसु बगाउँदै हिजो संघर्षका दिनमा एक–अर्काका लागि उभिएका दिन स्मरण गर्न मन छ । अनि भन्न मन छ, ‘साथी ! तिमीले प्रुभ गर्यौ, तिमी हाम्रो गौरव हो । पहिला पनि तिमी हाम्रो नेतृत्व थियौं, अहिले पनि हौं । तिम्रो नेतृत्वमा टिमलाई अझ एक ढिक्का बन्नेछ । टिमले अझ धेरै राष्ट्रिय गौरवका कथा लेख्नेछ । यसमा तिम्रो बेस्ट फ्रेन्ड अन्जिला सधै साथ रहनेछ ।’

साथीले पहिलो पटक ‘क्याप्टेन आर्मब्यान्ड’ लगाउँदाको खुसीमा अन्जिलाले आफूबाट आर्मब्यान्ड खोसियो भन्ने विर्सिइन । तर, परिस्थिति त्यस्तो जटिल भइदियो कि अन्जिलाले अँगालो मारेर साथी साम्बालाई बधाई दिन पाइनन्, शुभकामना दिन पाइनन् । त्यो आर्मब्यान्ड आफ्नो पाखुराबाट खोलेर साम्बाको पाखुरामा लगाइदिने धोको पूरा गर्न पाइनन् ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी, तस्वीर सौजन्यः एनएसजेएफ ।

अन्जिलालाई अहिले पनि साम्बालाई गम्लङ्ग अँगालो हालेर रुन मन छ । खुसीको आँसु बगाउँदै हिजो संघर्षका दिनमा एक–अर्काका लागि उभिएका दिन स्मरण गर्न मन छ । अनि भन्न मन छ, ‘साथी ! तिमीले प्रुभ गर्यौ, तिमी हाम्रो गौरव हो । पहिला पनि तिमी हाम्रो नेतृत्व थियौं, अहिले पनि हौं । तिम्रो नेतृत्वमा टिमलाई अझ एक ढिक्का बन्नेछ । टिमले अझ धेरै राष्ट्रिय गौरवका कथा लेख्नेछ । यसमा तिम्रो बेस्ट फ्रेन्ड अन्जिला सधै साथ रहनेछ ।’

त्यही साथी जसको हैसेमा अन्जिलाले होस्टे मिलाउँथिन् । त्यही साथी जसले सफलताको सिढी चढिरहँदा अन्जिला ताली पड्काउँथिन् । तर, अहिले त्यो माहोल जुरिरहेको छैन । एकदिन परिस्थिति सामान्य भएपछि अन्जिलाले पक्कै पनि आफ्नो साथीलाई मनको कुरा पोख्ने नै छिन् ।

अन्जिला नियमित कप्तान थिइन् । उनको अनुपस्थितिमा सावित्रा देशको ११औं कप्तानका रुपमा नियुक्त भइन् । सावित्राले आर्मब्यान्ड लगाउँदा सबैभन्दा धेरे खुसी अन्जिला नै थिइन् ।

‘साम्बा मेरो मनमा रहिरहने मान्छे हो । हामीले सुख दुःख एकसाथ बिताएका छौं । सँगै रोएका छौं, अफ्ठ्यारा परिस्थितिहरुलाई सँगै पार लगाएका छौं,’ अन्जिला मुस्कुराउँछिन्, ‘क्याप्टेनसिप सबैभन्दा धेरै (डिर्जभ) साम्बाले नै गर्छ । साम्बाले हाम्रो देशलाई विदेशी भूमिमा चिनाएको छ । युरोपमा खेलिरहेको छ ।’

साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल फर्काएपछि सावित्रा भण्डारीको आइकोनिक सेलेब्रेसन, तस्वीर सौजन्यः सरोज सापकोटा/खेलाडी ।

सावित्रा र अन्जिला समकालिन साथी हुन् । दुवैले सँगसँगै आफ्नो करिअर सुरु गरे । साम्बाले त अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेको पनि एक दशकभन्दा बढी भइसक्यो । सँधै विपक्षी गोलकिपरका लागि खतरा बन्ने गरेकी गोल मेसिन सावित्राले यसपालि पनि गज्जबको खेल प्रस्तुत गरिन् । दुई ह्याट्रिकसहित प्रतियोगितामा कूल ९ गोल गरिन् । तर, पनाल्टी सुटआउटमा सावित्रा भाग्यबाट ठगिइन् । उनको प्रहार पोलमा लागेर फर्किएको थियो ।

उज्वेकिस्तानविरुद्धको खेल अगाडि नै नेपालको दक्षिण एसियाली प्रतिद्धन्द्धी भारत र बंगलादेशले ऐतिहासिक उपलब्धि हासिल गरिसकेका थिए । दुवैले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गरिसकेका थिए । अब पालो नेपालको थियो । तर, नेपालले अझै थप चार वर्ष कुर्नुपर्ने भयो ।

आफैलाई सम्हाल्न सकिनन् । कसैले देख्ला की भनेर कुनातिर गएर एक्लै धेरैबेर रोइन् । तर, अन्जिलाको यो आँसु अहिले अर्थहीन छ ।  अन्जिलाले आफूलाई सम्हाल्नु आवश्यक छ । वास्तविकतालाई स्वीकार्नुबाहेक उनीसँग अहिले विकल्प छैन ।

सामाजिक सञ्जालमा भारत र बंगलादेशका खेलाडी तथा समर्थकले गरेका पोस्टले अन्जिलालाई गाह्रो बनायो । अबको चार वर्षमा खेल्न पाउँछु कि पाउँदिन भन्ने कुराले उनलाई सताउन थाल्यो । आफैलाई सम्हाल्न सकिनन् । कसैले देख्ला की भनेर कुनातिर गएर एक्लै धेरैबेर रोइन् । तर, अन्जिलाको यो आँसु अहिले अर्थहीन छ ।  अन्जिलाले आफूलाई सम्हाल्नु आवश्यक छ । वास्तविकतालाई स्वीकार्नुबाहेक उनीसँग अहिले विकल्प छैन ।

ग्रीक ‘ए’ डिभिजन लिगमा अन्जिला तुम्बापो सुब्बा ।

अन्जिला हिम्मतवाली चेली हुन् । धैर्यसँग मित्रता गाँसेकी चेली हुन् । कहालीलाग्दो जीवन र कठिनाईलाई चिर्दै आफूलाई बलियो रुपमा उभ्याएकी ‘अन्जिला’ हुन् उनी । अतः यो समयमा कसरी आफूलाई सम्हाल्ने भन्ने उनलाई राम्ररी थाहा छ ।

फुटबल करिअरको यो कठिन समय चलिरहँदा अन्जिलाले जीवनलाई फरक तरिकाले सोच्न थालेकी छन् । भन्छिन्, ‘मलाई यो एक महिनाले धेरै कुरा सिकाएको छ । जीवनमा अगाडि बढ्ने हो भने फराकिलो सोचाई आवश्यक रहेछ । साँघुरो सोचले चोट कतिबेला दिने रहेछ थाहा नै नहुने ।’

आउने दिनमा अन्जिलाको हातमा क्याप्टेन आर्मब्यान्ड होला नहोला, नेपाली फुटबल समर्थक गोलकिपर अन्जिलाको बलियो पुनरागमनको प्रतीक्षामा रहनेछन् । महिला टिमले उपाधि जितेरै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा उचो बनाएको क्षण देख्ने लालचा समर्थकमा रहिरहनेछ ।