काठमाडौं । एन्फा यु–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)ले पहिलो जित हासिल गरेको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो ।
एनआरटीको जितमा सुगम रानाले दुई तथा सुनिल घर्तीमगरले एक गोल गरे । आर्मीले सोहित वाइबाको गोलमार्फत अग्रता लिएको थियो ।
आर्मीले पहिलो खेलमा हिमालयन शेर्पालाई ३–१ ले हराएको थियो । दोस्रो खेलमा आर्मी जावलाखेलसँग ३–२ ले पराजित भएको थियो ।
पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ६–० को हार बेहोरेको एनआरटीले दोस्रो खेलमा संकटालाई ३–० ले नतिजा सुम्पिएको थियो ।
दिनको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
