आश्विन १, २०८२ बिहीबार | १४:५२:१३
एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत

एन्फा नकआउट प्रतियोगिता अन्योल, चार टिम मात्र दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट प्रतियोगिता अन्योलमा परेको छ ।

एन्फाले टिम दर्ता गर्ने अन्तिम मिति बैशाख १० गते (आज) सम्मलाई तोकेको थियो । तर अन्तिम मितिसम्म विभागीय टोली र संकटा क्लबले मात्र टिम दर्ता गराएका छन् ।

नेपाल पुलिस क्लबका प्रतिनिधि प्रहरी निरीक्षक श्रवणकुमार झा, एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डे, आर्मीका व्यवस्थापक चुनबहादुर थापा र संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले टोली दर्ता गरेको जानकारी दिए ।

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने लिग कम नक आउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै गत बिहीबार बसेको शीर्ष डिभिजनका ९ क्लबको बैठकले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए । बैठकमा विभागीय टिमसँगै सातदोबाटो र खुमलटारका प्रतिनिधि उपस्थित थिएनन् ।

एन्फा प्रवक्ता सुरेश शाह पनि शीर्ष टोलीहरूले नै इच्छा नदेखाएपछि प्रतियोगिता हुने सम्भावना नरहेको तर्क गर्छन् । ‘हामीले शीर्ष डिभिजनका क्लबहरूले खेल्ने इच्छा देखाएको खण्डमा नकआउट प्रतियोगिता गर्ने योजना बनाएका थियौं । हामी अझै छलफल गर्नेछौं । त्यसपछि पनि उहाँहरूले इच्छा देखाउनु भएन भने प्रतियोगिता हुँदैन,’ एन्फा प्रवक्ता शाहले भने ।  

पछिल्लो लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका अध्यक्ष रुवेन राई आन्तिरिक समस्या तथा अन्य टिमसँगको सल्लाहले टिम दर्ता नगराएको बताउँछन् ।

‘गत साता बसेको बैठकबाट हामीले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थियौं । यसैगरी हरेक वर्ष एएफसीको लाइसेन्स नवीकरण गर्नुपर्छ । यस पटक हामीले समयमै त्यो मापदण्ड पूरा गर्न सक्ने अवस्था छैन । विदेशी खेलाडीको श्रम स्विकृतिका लागि पनि पर्याप्त समय नरहेकाले नखेल्ने निर्णय गरेका हौं ।’

बैशाख २० गतेबाट सुरु हुने भनिएको प्रतियोगिताको विजेताले एएफसी च्यालेन्ज लिग २०२५/२६ का पहिलो चरणमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ । तर प्रतियोगिता नै नहुने अवस्था आएपछि एएफसी च्यालेन्ज लिगमा नेपालको सहभागिता पनि अन्योलमा परेको छ ।

गत वर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको थियो । चर्च ब्वाइज घरेलु मैदानमै भुटानको पारो एफसीसँग २-१ ले पराजित गरेको थियो ।

यस्तै एन्फा पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कमाछिरिङ शेर्पा समय अभाव तथा विधान विपरितको प्रतियोगिता भएका कारण सहभागिता नजनाउने निर्णयमा पुगेकाे बताउँछन् ।

‘एन्फाले यो प्रतियोगितालाई शीर्ष डिभिजन लिगको विकल्पका रूपमा ल्याउन खोजेको छ । त्यो हामीलाई मान्य हुने छैन । हामी एन्फाको विधानविपरित हुन लागेको प्रतियोगितामा सहभागिता जनाउने छैनौं,’ शेर्पाले भने ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA