चैत्र १४, २०८२ शनिबार | ०६:३४:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मोन्टेनग्रोका गोलकिपर नेमान्जा लेमाजिच झापामा अनुबन्ध

काठमाडौं । मोन्टेनग्रोका गोलकिपर नेमान्जा लेमाजिचले झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

झापाले एनएसएलको तेस्रो संस्करणका लागि लेमाजिचलाई अनुबन्ध गरेको हो । २६ वर्षीय लेमाजिचसँँग मोन्टेनग्रो, माल्दिभ्स र अर्मेनियाको लिग खेलेको अनुभव छ ।

उनी पछिल्लो पटक एफके बोकेल्जको जर्सीमा देखिएका थिए । लेमाजिच झापा भित्रिने पाँचौं विदेशी खेलाडी हुन् । यसअघि क्लबले उज्वेकिस्तानका अजमत अब्दुल्लेव र मुहम्मद इसाएभ,  सर्बियाका लाजर आर्सिक तथा नाइजेरियाका अल्हाजी गेरोलाई भित्र्याएको थियो ।

लाकेन लिम्बुलाई मार्की खेलाडी बनाएको झापाले छिरिङ लामालाई रिटेन गरेको छ । यस्तै क्लबले प्रशिक्षण जिम्मेवारी प्रवेश कटुवाललाई सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ । झापाले चैत १७ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो