चैत्र १८, २०८२ बुधबार | ०३:४७:२३
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

एट्लेटिकोले लय समाउने कोकेको विश्वास

मड्रिड । एट्लेटिको मड्रिडका मिडफिल्डर कोकेले बुधबार राति ग्रानाडासँग पराजित भएपछि आफ्नो टोलीको विजयी दिन फर्किने विश्वास व्यक्त गरेका छन् ।

ग्रानाडासँगको हारसँगै स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष चारबाट तल झरे पनि कोकेले आफूहरु लय समाउँदै सिजनको सुखद सुरुआतका लागि प्रतिबद्ध रहेको बताए ।

बुधबार सुरुमा गोल गरे पनि साविक विजेता एट्लेटिकोले त्यसलाई जोगाउन नसक्दा हार सामना गर्नुपरेको थियो ।

जोआवो फेलिक्सले डिएगो सिमोनीको टोलीलाई दोस्रो मिनेटमा अग्रता दिलाए पनि १७औं मिनेटमा डार्विन मार्चिसले ग्रानाडाका लागि बराबरी गोल गरेका थिए । ६१औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई २-१ को जित दिलाएका थिए ।

लगातार चौथो हारका बावजुद कोकेले आफूहरुले आत्मविश्वास नगुमाएको बताए ।

‘पक्कै पनि अहिले हामी कठिन अवस्थामा छौं । खासगरी पछिल्ला दुई हार हाम्रा लागि अतयन्तै निराशाजनक रहे,’ कोकेले भने, ‘हामीले दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि पराजय भोग्नुपर्यो । आज पनि टिमले निक्कै राम्रो खेलेको हो । तर हामी अझै पनि उच्च प्रदर्शन गर्दै सुखद अवस्थामा सिजन टुंग्याउनेमा आशावादी छौं ।’

नोभेम्बर २८ मा काडिजमाथि ४-१ को जित हासिल गरेयता एट्लेटिकोले घरेलु ला लिगाका चार खेलमा पराजय भोगिसकेको छ ।

डिसेम्बर चारमा रियाल मायोर्कासँग २-१ को नतिजामा पराजित भएको टोलीले डिसेम्बर १३ मा सम्पन्न मड्रिड डर्बीमा रियाल मड्रिडलाई २-० को नतिजा सुम्पिएको थियो ।

यसैगरी बुधबारको हारअघि टोली डिसेम्बर १९ मा सेभियासँग २-१ को नतिजामा पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो