कार्तिक १८, २०८२ मंगलबार | ००:०६:२५
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

‘बी’ डिभिजन क्लबको एन्फालाई ज्ञापन पत्र

काठमाडौं । सहिद  स्मारक ‘बी’ डिभिजन लिगका क्लबहरूले तीन बुँदे मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् । 

उनीहरूले यसअघि भएका सहमती कार्यन्वयन हुनपर्ने, खेल तालिका तथा नियमावली संशोधन गर्नुपर्ने मागसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाएका हुन् ।

‘बी’ डिभिजन का १४ मध्ये १० क्लबले पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा आरसिटी, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियन छन् ।

यसैगरी प्लानिङ ब्वाइज युनाइटेड, श्री भगवती क्लब, झापा फुटबल क्लब र बाँसबारी क्लबले भने हस्ताक्षर गरेका छैनन् ।

यस्ता छन् क्लबहरूको माग 

१. एन्फाले क्लबहरूलाई उपलब्ध गराउने सहमति भएको २ लाख रुपैयाँ लिग सुरु हुनुभन्दा अगावै दिनुपर्ने र २ लाख बराबरको केल्मी ब्राण्डको सामाग्री एन्फाले पाउने छुटमा उपलब्ध गराउने पर्ने ।

२. एन्फाले सार्वजनिक गरेको ‘बि’ डिभिजनको खेल तालिका तीन महिना छ जुन अघिल्लो पटकको भन्दा लगभग दोब्बर हो । यसले एकातिर क्लबको खर्च पनि एक तिहाई बढ्ने छ भने अर्कोतिर खेलाडीको पढाइ, परिक्षा, रोजगारीलगायत विभिन्न खालका समस्या उब्जाउने हुँदा यसमा असहमति पनि आइसकेको छ । त्यसैले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्नेगरी खेल तालिका मिलाउनु पर्ने ।

३. एन्फाले उपलब्ध गराएको ‘बी’ डिभिजन लीग फुटवल प्रतियोगिता नियमावलीको नियम २२ का ४ वटा बुँदामा यदि कुनै क्लब लिगमा सहभागी नभएमा कारवाही तथा जरिवाना समावेश गरिएकोमायदि एन्फाकोतर्फबाट लिग नभएमा वा रोकिएको खण्डमा क्लबको खर्च भएको रकम उपलब्ध गराइने छ भन्ने बुँदा थपगरी नियमावली संशोधन गर्नुपर्ने ।

यसैगरी क्लबहरूले माग तीन दिन भित्र सम्बोधन हुनपर्ने अन्यथा आफूहरू लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

एन्फा ‘बी’ डिभिजन लिग फागुन २५ बाट गर्ने तयारीमा छ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA