काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई १-० हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालमा सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसलाई जित दिलाउन सञ्जीवले लामाले गरेको एकमात्रै गोल पर्याप्त बन्यो । सञ्जीवले ५८औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी बक्सबाहिबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पुलिस ११औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । टोलीले ६ पटक उपाधि जितेको छ ।
यो आहा रारा गोल्डकपको २५० र पुलिसको ५०औं खेल थियो । पुलिसले अब उपाधिका लागि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइलन शनिबार हुनेछ ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
