काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा महारथी क्लबहरुले सहज जित निकालेका छन् ।
इङ्लिस क्लब म्यानचेष्टर सिटी, एस्टन भिल्ला र आर्सनल, जर्मन क्लबहरु बार्यन म्युनिख, बायर लेभरकुसेन र बोरुसिया डर्टमन्ड, स्पेनिस क्लब रियाल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलान विजयी भएका हुन् ।
सिटीले क्लब ब्रुगलाई ३-१ ले हरायो । सिटीको जितमा माटेओ कोभासिक र साभिन्हाले गोल गरेका थिए । आर्सनलले जिरोनालाई २-१ तथा एस्टन भिल्लाले सेल्टिकलाई रोमाञ्चक खेलमा ४-२ ले हरायो ।
जर्मन क्लब बायर्नले स्लोभान ब्राटिस्लाभलाई ३-१, डर्टमन्डले सख्तरलाई पनि ३-१ र लेभरकुसेनले स्पार्टलाई २-० ले हराए । इटालियन क्लब इन्टरले भने मोनाकोलाई ३-० ले हरायो ।
स्पेनिस महारथी तथा साविक विजेता रियाल मड्रिडले ब्रेस्टलाई ३-० ले पराजित गर्याे । रियालको जितमा युवा खेलाडी रोड्रिगोले दुई तथा जुड वेलिंघमले एक गोल गरे । अर्काे खेलमा एट्लेटिकोले एन्टोइन ग्रिजमनको दुई गोल मद्दतमा आरबी साल्जबर्गविरुद्ध ४-१ काे जित निकाल्याे।
अर्काे खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले स्टुटगार्डलाई ४-१ ले निराश बनायो ।
इङ्लिस क्लब लिभरपुल भने पिएसभीसँग ३-२ ले पराजित भयो । इटालियन क्लब युभेन्ट्स बेन्फिकासँग २-० र एसी
मिलान डिनामोसँग २–१ ले पराजित भए ।