काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना एट्लान्टासँग २–२ को बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले १–० को अग्रता जोगाउन सकेन । लामिन यामलले खेलको ४७औं मिनेटमा अग्रता दिलाएका थिए । एन्डर्सनले ६७औं मिनेटमा भ्रमणकारी टोलीलाई बराबरीमा ल्याएका हुन् ।
रक्षक रोनाल्ड अरौजोले राफिन्हाकै पासमा ७२औं मिनेटमा २–१ को अग्रता पुनः दिलाएका थिए । तर, सात मिनेटपछि नै मारिओ पासालिकले गोल गर्दै एटलान्टालाई हारबाट जोगाएका थिए ।
पहिलो बराबरीपछि पनि बार्सिलोना च्याम्पियन्स लिगको नयाँ फर्म्याट दोस्रो स्थानमा छ । ८ खेलमध्ये ६ जित निकालेको बार्सिलोनाको १९ अंक छ । बार्सिलोना यसअघि नै नयाँ नियमअनुसार शीर्ष १६ मा स्थान बनाइसकेको छ । २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट १५ अंक जोडेको एट्लान्टा नवौं स्थानमा रहेको छ ।