माघ १७, २०८१ बिहीबार | २३:२४:०४
दीप कार्की सभापति कपकाे सर्वोकृष्ट खेलाडी श्रीलंकाविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया, ख्वाजाको दोहोरो शतक यु-१२ गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण कप्तान दीपको सानदार प्रदर्शनमा संकटा सभापति कपको च्याम्पियन रुपेश र सिन्दिरा उपाधि नजिक महावीर र ग्रेट हिमालयको विजयी सुरुआत गण्डकी इलिमिनेटरमा, बाहिरियो साबिक विजेता हेल्प नेपाल मछिन्द्र क्लबको अध्यक्षमा अनिल श्रेष्ठ नेपाल नेदरल्यान्ड्ससँग पराजित आहा रारा पोखरा गोल्डकपः उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने दीप कार्की सभापति कपकाे सर्वोकृष्ट खेलाडी श्रीलंकाविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया, ख्वाजाको दोहोरो शतक यु-१२ गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण कप्तान दीपको सानदार प्रदर्शनमा संकटा सभापति कपको च्याम्पियन रुपेश र सिन्दिरा उपाधि नजिक महावीर र ग्रेट हिमालयको विजयी सुरुआत गण्डकी इलिमिनेटरमा, बाहिरियो साबिक विजेता हेल्प नेपाल मछिन्द्र क्लबको अध्यक्षमा अनिल श्रेष्ठ नेपाल नेदरल्यान्ड्ससँग पराजित आहा रारा पोखरा गोल्डकपः उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

उपाधिमा दुवै टोलीको दाबी

ट्रफीका साथ संकटाका कप्तान दीप कार्की(बायाँ) र आयोजक टोलीका कप्तान विकेश कुथु।

काठमाडौं । संकटा क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सभापति कप फुटबलको उपाधि जित्ने दाबी गरेका छन् ।

प्रतियोगिताको फाइनल बिहीबार साँझ ५ः३० मा सुरु हुनेछ ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमले पहिलो संस्करणको उपाधि जित्ने लक्ष्य लिएको बताए ।

संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन भइरहेकाले टोली उच्च मनोबलका साथ मैदान उत्रिने प्रतिक्रिया दिए ।

‘अघिल्ला दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छौं । त्यसैले पनि टोलीको मनोबल उच्च छ । हामीले विपक्षीको खेललाई पनि नजिकबाट नियालेका छौं । फाइलनमा त्यही अनुरुपको रणनिति हुनेछ,’ शिलाकारले भने ।  

संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको बताए ।

यसैगरी, आयोजकका कप्तान विकेश कुथुले संकटा उत्कृष्ट टोली भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको प्रतिक्रिया दिए  ।

‘संकटा बलियो टोली हो । तर हामी पनि कमजोर छैनौं । फाइनलमा चुनौती दिनका लागि तयार छौं,’ विकेशले भने ।

प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरी सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाए । उनले निर्धारित ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी मैदान उत्रिने लक्ष्यमा रहेको बताए ।

संकटा मछिन्द्र र बागमती न्युरोट टिम (एनआरटी) लाई हराउँदै उपाधि नजिक पुगेका हुन् । प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रतिायेगिताको सर्वोकृष्ट खेलाडीले ७५ हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार र उदीयमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

फाइनल बिहीबार साँझ साढे ५ बजेदेखि सुरु हुने भए पनि दिउँसो ४ बजेदेखि रंगशालामा झाँकीसहितको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । यसअघि १०० र २०० तोकिएकोमा फाइनलका लागि साधारणतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE