काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगको उद्घाटन खेलमा शुक्रबार संकटा क्लबविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन सोनिल मगर र सुगम रानाले गोल गरे । संकटाका लागि पेम्बा तामाङले गोल गरे ।
खेलको १५औं मिनेटमा पेम्बाको पेनाल्टी गोलमार्फत संकटाले अग्रता लिएको थियो। ३०औं मिनेटमा सोनिलले फ्रिकिकमार्फत चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19