पुस ७, २०८१ आइतबार | २२:३९:३९
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक

एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक

फाइल तस्विर

काठमाडौं । सन्तोष गोङ्बाको उत्कृष्ट प्रदर्शनप्रेरित न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार जावलाखेल युथ क्लबविरुद्ध ५-२ को पुनरागमन जित दर्ता गरेको छ ।

जावलाखेलले दुई गोलको अग्रता जोगाउन सकेन । जितसँगै २० खेलमा ४१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा छ । पराजित जावलाखेल समान खेलबाट २६ अंकका साथ सातौं स्थानमा छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन सन्तोषले ह्याट्रिक गर्दा इशान थापा र इशान शाहले समान एक गोल थपे । जावलाखेलका लागि दुवै गोल सन्देश थोकरले गरे ।

खेलको दोस्रो मिनेटमै सन्देशको गोेलमार्फत जावलाखेलले अग्रता लिएको थियो । २६औं मिनेटमा उनलै टोलीको अग्रता दोब्बर बनाए ।

सन्तोषले ३३औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । पहिलो हाफको इन्जुरी समयमा इशान थापाले एनआरटीका लागि बराबरी गोल फर्काए ।

सन्तोषले ५८ र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको इन्जुरी समयमा इशान शाहले गोल गर्दै एनआरटीलाई ५-२ को जित दिलाए ।


भिडियो
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?