चैत्र १२, २०८२ बिहीबार | २३:४२:१३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित

खुमलटार र मनाङ प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । एफसी खुमलटारले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सोमबार मनाङ मर्स्याङदी क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १६ खेलमा ११ अंक जोडेको खुमलटार ११औं स्थानमा छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ सातौं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा खुमलटारलाई जित दिलाउन जंगे रायमाझी, एलिक श्रेष्ठ र धिरज तामाङले गोल गरे । मनाङका लागि दुवै गोल सागर मगरले फर्काए ।

खेलको ३६औं मिनेटमा जंगेको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । दुई मिनेटपछि नै एलिकले टोलीको अग्रता दोब्बर बनाए ।

खुमलटार र मनाङ प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

धिरजले ५५औं मिनेटमा खुमलटारका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि सागरले मनाङका लागि गोल फर्काए ।

सागरले७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै  मनाङलाई खेमला फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । ८४औं मिनेटमा भुवन कढायतले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो ।

सोमबारकै पहिलो खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो