चैत्र १३, २०८२ शुक्रबार | २३:०३:३४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एट्लेटिकोले सेभियालाई हरायो

एन्टोइन ग्रिजम्यान ।

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा आइतबार सेभियाविरुद्ध ४ ३ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १६ खेलमा ३५ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । पराजित सेभिया समान खेलबाट १९ अंकका साथ १३औं स्थानमा छ ।

मेट्रोपोलिटानो रंगशालामा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन एन्टोइन ग्रिजम्यानले दुई तथा रोड्रिगो डी पउल र स्यामुयल लिनोले समान एक गोल गरे । सेभियाका लागि डोडी लुकबाकियो, इसक रोमेरो र जुआनलु साञ्चेजले गोल फर्काए ।

खेलको १०औं मिनेटमा डी पउलको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै लुकबाकियोले सेभियाका लागि बराबरी गोल फर्काए ।

रोमेरोले ३२औं मिनेटमा गोल गर्दा सेभिया २-१ ले अगाडि बढ्यो । ५७औं मिनेटमा साञ्चेजले सेभियाको अग्रता ३-१ मा पुर्याए ।

ग्रिजम्यानले ६२औं मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितीमा आयो । ७९औं मिनेटमा लिनोले एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

इन्जुरी समयमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४-३ को रोमाञ्चक जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो