पुस २८, २०८२ मंगलबार | २२:२२:३९
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

स्वर्ण पदकको लक्ष्यमा नेपाली किशोरी टिम

काठमाडौं । बंगलादेशमा शनिबार सुरु हुने १९ वर्षमुनिको महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालको लक्ष्य स्वर्ण पदक हो ।

यही लक्ष्य पछ्याउँदै एक महिनाको तयारीसाथ नेपाली युवा महिला टोली मंगलबार बंगलादेश पुगिसकेको छ । स्वर्ण पदक जित्ने लक्ष्यमा नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै यात्राको थालनी गर्नेछ । जहाँ विजयी सुरुआत नेपालको लक्ष्य हुनेछ ।

प्रतियोगितामा नेपालसँगै बंगलादेश र भारतलाई दाबेदारका रूपमा हेरिएको छ । जसका कारण यी देशमाथिको जितले स्वाभाविक रूपमा नेपालको मनोबल पनि बढ्नेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगर उपाधि जित्नेमा विश्वस्त छन् ।

क्षमतावान युवा खेलाडीको साथमा ६ जना सिनियर राष्ट्रिय टोलीका खेलाडीको उपस्थितीले युवा महिला टोलीलाई सन्तुलित बनाएको छ । प्रशिक्षक श्रेष्ठ युवा र अनुभवी खेलाडीको मिश्रणकै कारण उपाधि जित्न लायक प्रदर्शन गर्ने दाबी गर्छन ।

भन्छन्, ‘६ खेलाडीको खेल राम्रो छ । सुरुमा हामीले राष्ट्रिय टोलीले खेल्ने भनेपछि ४ जना माथि राखेर २ जना टोलीमा राखेका थियौ । सिनियर खेलाडी भएपछि टोलीको  मनोबल उच्च बढेको छ । टोली झनै राम्रो बनेको छ ।’

सन् २०१८ मा भुटानमा सम्पन्न साफ यु १८ च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

नियमित रुपमा १८ वर्ष मुनिको प्रतियोगिता भए पनि गत वर्ष कोभिड १९ महामारीका कारण गर्न नसकिएको प्रतियोगितालाई यसपाली यु १९ च्याम्पियनसिपका रुपमा गर्न लागिएको हो । नेपाल गत संस्करणको उपविजेता भएकाले पनि यस पटक राम्रो प्रदर्शन गर्नुपर्ने दबाबमा छ ।

कप्तान अञ्जना भन्छिन्, ‘टोलीको तयारी एकदमै राम्रो छ । राम्रो प्रशिक्षक पनि पाएका छौं । सबै खेलाडी राम्रा छन् । लक्ष्य च्याम्पियन बन्ने छ । त्यहि अनुसार तयारी भएको छ । टोलीमा बहिनीहरु सिनियरसँग खेल्न पाउँदा उत्साहित छन् । राम्रो नतिजा ल्याउनेमा आशावादी छु ।’

सन् २०१६ मा नेपालमै भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट अञ्जनाले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । विगत पाँच वर्षदेखि राष्ट्रिय टोलीमा स्थान जमाइरहेकी गोलकिपर अञ्जनासँग थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ ।

पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापोको अनुपस्थितिमा उनले नै नेपालको पोस्ट सम्हाल्दै आइरहेकी छन् । विभागीय टोली त्रिभुवन आर्मीमा भने उनी पहिलो रोजाइकी गोलकिपर हुन् । पहिलो पटक उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्न लागेकी अन्जनाका लागि व्यक्तिगत रुपमा यो अवसर र चुनौती दुवै बन्ने छ ।    
                  
प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई महिना अघि सम्पन्न उपमेयर कप प्रतियोगिताबाट ४० खेलाडी छान्दै प्रारम्भिक तयारी थालेको थियो । त्यसैमा राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गर्दै आइतबार २३ सदस्यीय टोलीको टुंगो लगाइएको थियो ।

तीनवर्ष अघि फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट विमूख भएको नेपाल यसपाली पहिलो खेलमै त्यो हारको बदला चाहन्छ ।

‘अघिल्लो संस्करणमा अन्तिम समय हामी बंगलादेशसँग हारेका थियौं । बदला लिनु छ । उनीहरुकै मैदानमा जितेर आउँछौं । आक्रमणमा राष्ट्रिय खेलाडीहरु छन् । नयाँ खेलाडी पनि बैकल्पिक रुपमा ( कुशुम खतिवडा, अमिशा कार्की) बलिया छन् । तालमेल मिलाउन गाह्रो छैन,’ उनले भने ।

पाकिस्तान र माल्दिभ्सको सहभागिता नरहेको प्रतियोगितामा पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालसहितका सहभागिहरु आयोजक बंगलादेश, भारत, भुटान र श्रीलंकाका टोलीले राउन्ड रोविन पद्दतीमा खेल्दै फाइनलको बाटो खोज्नेछन् । पहिलो चरणका शीर्ष दुई टोली पुस सातमा हुने फाइनललाई छानिन्छन् ।

बंगलादेशसँग शनिबार खेल्दै प्रतियोगिताको थालनी गर्ने नेपालले मंसिर २९ गते श्रीलंका, पुस दुईमा भुटान र चारमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||