चैत्र ७, २०८२ शनिबार | ०८:५१:३३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

स्वर्ण पदकको लक्ष्यमा नेपाली किशोरी टिम

काठमाडौं । बंगलादेशमा शनिबार सुरु हुने १९ वर्षमुनिको महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालको लक्ष्य स्वर्ण पदक हो ।

यही लक्ष्य पछ्याउँदै एक महिनाको तयारीसाथ नेपाली युवा महिला टोली मंगलबार बंगलादेश पुगिसकेको छ । स्वर्ण पदक जित्ने लक्ष्यमा नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै यात्राको थालनी गर्नेछ । जहाँ विजयी सुरुआत नेपालको लक्ष्य हुनेछ ।

प्रतियोगितामा नेपालसँगै बंगलादेश र भारतलाई दाबेदारका रूपमा हेरिएको छ । जसका कारण यी देशमाथिको जितले स्वाभाविक रूपमा नेपालको मनोबल पनि बढ्नेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगर उपाधि जित्नेमा विश्वस्त छन् ।

क्षमतावान युवा खेलाडीको साथमा ६ जना सिनियर राष्ट्रिय टोलीका खेलाडीको उपस्थितीले युवा महिला टोलीलाई सन्तुलित बनाएको छ । प्रशिक्षक श्रेष्ठ युवा र अनुभवी खेलाडीको मिश्रणकै कारण उपाधि जित्न लायक प्रदर्शन गर्ने दाबी गर्छन ।

भन्छन्, ‘६ खेलाडीको खेल राम्रो छ । सुरुमा हामीले राष्ट्रिय टोलीले खेल्ने भनेपछि ४ जना माथि राखेर २ जना टोलीमा राखेका थियौ । सिनियर खेलाडी भएपछि टोलीको  मनोबल उच्च बढेको छ । टोली झनै राम्रो बनेको छ ।’

सन् २०१८ मा भुटानमा सम्पन्न साफ यु १८ च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

नियमित रुपमा १८ वर्ष मुनिको प्रतियोगिता भए पनि गत वर्ष कोभिड १९ महामारीका कारण गर्न नसकिएको प्रतियोगितालाई यसपाली यु १९ च्याम्पियनसिपका रुपमा गर्न लागिएको हो । नेपाल गत संस्करणको उपविजेता भएकाले पनि यस पटक राम्रो प्रदर्शन गर्नुपर्ने दबाबमा छ ।

कप्तान अञ्जना भन्छिन्, ‘टोलीको तयारी एकदमै राम्रो छ । राम्रो प्रशिक्षक पनि पाएका छौं । सबै खेलाडी राम्रा छन् । लक्ष्य च्याम्पियन बन्ने छ । त्यहि अनुसार तयारी भएको छ । टोलीमा बहिनीहरु सिनियरसँग खेल्न पाउँदा उत्साहित छन् । राम्रो नतिजा ल्याउनेमा आशावादी छु ।’

सन् २०१६ मा नेपालमै भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट अञ्जनाले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । विगत पाँच वर्षदेखि राष्ट्रिय टोलीमा स्थान जमाइरहेकी गोलकिपर अञ्जनासँग थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ ।

पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापोको अनुपस्थितिमा उनले नै नेपालको पोस्ट सम्हाल्दै आइरहेकी छन् । विभागीय टोली त्रिभुवन आर्मीमा भने उनी पहिलो रोजाइकी गोलकिपर हुन् । पहिलो पटक उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्न लागेकी अन्जनाका लागि व्यक्तिगत रुपमा यो अवसर र चुनौती दुवै बन्ने छ ।    
                  
प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई महिना अघि सम्पन्न उपमेयर कप प्रतियोगिताबाट ४० खेलाडी छान्दै प्रारम्भिक तयारी थालेको थियो । त्यसैमा राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गर्दै आइतबार २३ सदस्यीय टोलीको टुंगो लगाइएको थियो ।

तीनवर्ष अघि फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट विमूख भएको नेपाल यसपाली पहिलो खेलमै त्यो हारको बदला चाहन्छ ।

‘अघिल्लो संस्करणमा अन्तिम समय हामी बंगलादेशसँग हारेका थियौं । बदला लिनु छ । उनीहरुकै मैदानमा जितेर आउँछौं । आक्रमणमा राष्ट्रिय खेलाडीहरु छन् । नयाँ खेलाडी पनि बैकल्पिक रुपमा ( कुशुम खतिवडा, अमिशा कार्की) बलिया छन् । तालमेल मिलाउन गाह्रो छैन,’ उनले भने ।

पाकिस्तान र माल्दिभ्सको सहभागिता नरहेको प्रतियोगितामा पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालसहितका सहभागिहरु आयोजक बंगलादेश, भारत, भुटान र श्रीलंकाका टोलीले राउन्ड रोविन पद्दतीमा खेल्दै फाइनलको बाटो खोज्नेछन् । पहिलो चरणका शीर्ष दुई टोली पुस सातमा हुने फाइनललाई छानिन्छन् ।

बंगलादेशसँग शनिबार खेल्दै प्रतियोगिताको थालनी गर्ने नेपालले मंसिर २९ गते श्रीलंका, पुस दुईमा भुटान र चारमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो