चैत्र १४, २०८२ शनिबार | ११:१०:३५
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

साफ खेल्ने यु १९ महिला टोलीको बिदाई

काठमाडौं । बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने साफ यु १९ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाई गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित बिदाई कार्यक्रममा राष्ट्रिय  खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विरबहादुर खड्का, उपेन्द्रमान सिंह, पेमा लामा, हरी खड्कालगायत उपस्थित थिए ।

प्रतियोगिताका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । 

सिंगल राउन्ड रोविन पद्दतीमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतीय टाेली सहभागी रहने छन् ।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा २९ गते श्रीलंका र पुस दुई गते भुटानविरुद्ध मैदान उत्रने छ । त्यस्तै नेपालले लिगकाे अन्तिम खेलमा चार गते चिरप्रतिद्धन्द्धी भारतको सामना गर्नेछ ।

लिगका शीर्ष दुई टोलीले पुस सात गते उपाधिका लागि भिड्ने छन् ।

एन्फाले पहिलो चरणमा बोलाएको ४० खेलाडीबाट प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा गत शुक्रबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

छनोट भएको टोलीमा राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरसहित ६ खेलाडी समावेश छन् ।

यस्तै रक्षक रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो