चैत्र १४, २०८२ शनिबार | ०३:२६:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एट्लेटिकोमा अल्भारेजको पहिलो गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट स्पेनिस महारथी एट्लेटिको मड्रिड पुगेका जुलियन अल्भारेजले पाँचौ खेलमा पहिलो गोल गरेका छन् ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–० ले हराएको हो । एट्लेटिकोलाई जिताउन कनर गल्लाघर, एन्टोइन ग्रिजमन र अल्भारेजले समान एक गोल गरेका थिए । इङ्लिस मिडफिल्डर गल्लाघर पनि यसै सिजन मड्रिड जोडिएका हुन् ।

जितपछि समान अंक भएपनि रियाल मड्रिडलाई पछि पार्दै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट दुबै टोलीको समान ११ अंक छ । राति नै जिरोनाविरुद्ध जित निकालेको बार्सिलोना १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पराजित भ्यालेन्सिया भने एक अंकसछि पुछारमा छ ।

जितपछि एट्लेटिकोका प्रशिक्षक डिअगो सिमोनी खुसी देखिए । ‘नयाँ दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । यसले टोलीको हौसला बढेको छ’ सिमोनीले भने ।

२४ वर्षीय अर्जेन्टिनी सुपरस्टार यसअघि भिल्लारियाल, जिरोना, इस्पान्योल र एथ्लेटिक क्लबविरुद्ध गोलविहिन थिए । अन्तर्राष्ट्रिय ब्रेकसँगै उनले पहिलो गोल गरेका हुन् ।

उनले अर्जेन्टिनाबाट फिफा विश्वकप २०२६, कोपा अमेरिकासँगै सिटीबाट युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो