आश्विन ३, २०८१ बिहीबार | ०६:५३:५५
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन निर्देशन

फाइल तस्विर

काठमाडौं । युवा तथा खेलकुद मन्त्रीले पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र अखिल नेपाल फुटबल संघ ( एन्फा) लाई यस्तो निर्देशन दिएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले पछिल्लो अवस्थालाई लिएर प्रश्न उठाएपछि दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको छ ।

एफसीले प्रारम्भिक चरणमा मैदानको पिच, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएको छ ।

‘एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भिर विषय हो । के कारणले यस्तो अवस्था आएको हो त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदैछ । मलाई पाँच दिन भित्रमा प्रगाति विवरण चाहिन्छ । त्यसका लागि जे-जे गर्नुपर्छ गर्नुहोस्,’मन्त्री श्रेष्ठले भने, ‘यदी घरेलु मैदानमा खेल हुन नसकेमा सम्बन्धित निकाय कार्वाहीको भागिदार हुनेछ ।’

नेपालले फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट अन्तर्गत युएईसँग जेठ २४ मा दशरथ रंगशालामा खेल्ने तालिका छ । तर एएफसीको यो कदम पछि उक्त खेल नेपालमा नहुने सम्भावना बढेर गएको छ । 

यसअघि पनि दशरथ रंगशाला खेल्न लायक नहुँदा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।

यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले घरेलु मैदानमै खेल गराउने प्रयास भइरहेको बताए ।

‘‘एएफसीले केही कुरा सुधार गर्नुपर्छ भनेर पत्र आएको छ। अहिले मैदानको अवस्थालाई सुधार्न तिव्र गतिमा काम भइरहेको छ।  मन्त्री सदस्य सचि र एन्फा हामी तीनै पक्ष नेपालमा मै गेम गराउने प्रयासमा छौैं,’ अध्यक्ष नेम्वाङले भने ।

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024