आश्विन ३, २०८१ बिहीबार | ०६:५१:०३
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

सिईओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुत्ती गैरकानुनी रहेको भन्दै बदर गर्न उजुरी दर्ता गराएका छन्  ।

खड्काले मंगलबार एन्फा अपिल कमिटीमा उजुरी दर्ता गराएका हुन् । पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले संकटा क्लबका अध्यक्ष समेत रहेका इन्द्रमान तुलाधरलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

खड्काले उक्त नियुक्ती एन्फा विधान विपरित रहेको बताएका छन् । उनको कार्यसमिति निर्णयलाई उल्टाउँदै सिईओ नियुक्ती गरेको आरोप लगााएका छन् । ‘फागुन १७ गतेको कार्यसमितिको बैठकले सिईओ (अधिकृत प्रथम) नियुक्ती सम्बन्धमा सूचना प्रकाशित गर्ने र पदपूर्ति समिति समेत गठन गरेको अवस्थामा सचिवालयले उक्त निर्णयलाई कार्यान्वयन नगरी प्रक्रिया अगाडि नबढाएको र कर्मचारी सेवा सर्त नियमावली २०७७ को विपरित छ,’ खड्काले उजुरी दिएको पत्रमा भनिएको छ ।

विधानअनुसार पदपूर्ति समितिको सिफारिसपछि मात्रै कार्यसमितिले सिईओ नियुक्ती गर्नुपर्ने भएपनि नेतृत्वले राजनीतिक स्वार्थपूर्ति गर्न मनलाग्दी गरेको खड्काको आरोप छ । त्यसै उनले सिईओको तलब निर्णय नै नभएको बताएका छन् ।

‘पदपूर्ति समितिले विज्ञापन पश्चात शैक्षिक योग्यता र अनुभवको मुल्यांकन विज्ञहरुको उपस्थितिमा निर्णय गराई उक्त निर्णयलाई संघको विधानको धारा ३८ (छ) अनुसार अनुमोदन गराउनु पर्नेछ । सुरुको प्रक्रियाहरु पुरा नगरी आफ्नो राजनितिक स्वार्थपूर्ति गर्नको लागि धारा ३८ को (छ) लाई अपव्याख्या गरेको देखिन्छ,’ पत्रमा भनिएकाेछ,‘साथै कार्यसमितिमा सिईओ अधिकृत प्रथम) लाई दिने सुविधा (प्रति महिना १ लाख ५ हजार) र नियुक्ती सम्बन्धि प्रस्ताव कार्यसमितिका पदाधिकारीहरुलाई वितरण नै नगराई जवरजस्ती निर्णयमा उल्लेख गरेकोले बदर गरि दिनु हुन अनुरोध गर्दछु ।’

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024