चैत्र १०, २०८२ मंगलबार | ०४:३५:३९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

‘युनाइटेड वी प्ले’ सुरुः सर्वोत्कृष्ट बाल खेलाडीले म्यानचेस्टर भ्रमण गर्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेड र अपोलो टायर्सको संयुक्त आयोजनामा आज (मंगलबार) ‘युनाइटेड वी प्ले’ बाल फुटबल कार्यक्रम सुरु भएको छ ।

फुटबल ‘इको सिस्टम’ बलियो बनाउने उद्देश्यसाथ युनाइटेड र उसको प्रायोजक अपोलो टायर्सले विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको कार्यक्रम सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार दिनभरजस्तो चल्यो ।

दुई दिन चल्ने कार्यक्रमको पहिलो दिन यु-१३ र यु -१७ का गरि दुई सय खेलाडीको सहभागिता थियो । दोस्रो दिन बुधबार पनि थप दुई सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमका व्यवस्थापक अविजित ओबरोयले जानकारी गराए ।

ओबरोयका अनुसार कार्यक्रम सञ्चालनका लागि म्यानचेस्टर युनाइटेड सकर स्कुलका रोबिन भान लार म्यानचेस्टरबाटै आएका छन् । भान लारलाई भारतबाट आएका अर्का एक छनोटकर्ता र दुई नेपाली प्रशिक्षकले सघाउनेछन् ।

कार्यक्रममा बाल खेलाडीलाई विभिन्न चरणमा खेलहरु खेलाएर उत्कृष्ट प्रतिभाको छनोट गरिनेछ । पहिलो चरणमा सबै खेलाडीलाई विभिन्न टिममा विभाजन गरेर खेलाइनेछ । जहाँबाट छानिएका उत्कृष्ट खेलाडीलाई पुनः अन्तिम चरणको छनोटमा सहभागी गराइनेछ । त्यहाँबाट सर्वोत्कृष्ट खेलाडीको चयन गरिनेछ ।

छानिएका सर्वोत्कृष्ट खेलाडीमध्येबाट कम्तिमा एक जनालाई एक हप्ते म्यानचेस्टर भ्रमणको व्यवस्था मिलाइनेछ । भ्रमणका लागि छानिने बाल खेलाडीले युनाइटेडका हस्तीसँग भेट्ने, टोलीको खेल हेर्ने, युनाइटेड सकर स्कुलको प्रशिक्षणमा सहभागी हुने, ओल्ड ट्राफोर्ड तथा युनाइटेडको अभ्यास स्थलको भ्रमण गर्नेलगायतका अवसर प्राप्त गर्नेछन् ।

‘युनाइटेड वी प्ले’ अन्तर्गत सातदोबाटोको छनोटदेखि ओल्ड ट्राफोर्ड भ्रमणसम्मका सबै कार्यक्रममा बाल खेलाडीले निशुल्क सहभागिता जनाउन पाउनेछन् ।

विश्वव्यापी रुपमै सञ्चालन गरिने योजना रहेको कार्यक्रम भारतका विभिन्न १२ सहरमा पछिल्लो दुई वर्षदेखि सञ्चालनमा छ । भारतमा यसक्रममा १३ हजारभन्दा बढि बालबालिकाले भाग लएको ओबरोयले जानकारी गराए । उनका अनुसार कार्यक्रम यसै वर्षबाट नेपालका साथै थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई)मा पनि हुनेछन् । कार्यक्रमले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने बताइएको छ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो