आयरल्यान्डविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्‍चक रनको जित

अल्ट्रेच्ट, (खेलाडी)– टिम भान डेर गुग्टेनको अलराउन्ड प्रदर्शनप्रेरित नेरल्यान्ड्सले आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक रनको रोमाञ्‍चक विजय हासिल गरेको छ ।
 
विश्‍वकप सुपर लिग अन्तर्गतको खेलमा नेदरल्यान्डस्ले प्रस्तुत गरेको १ सय ९६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरका ९ विकेट गुमाउदै १ सय ९४ रन मात्र जोड्न सक्यो । जितका लागि आयरल्यान्डलाई अन्तिम ओभरमा १२ रनको आवश्यकता थियो । तर आयरल्यान्डले मात्र ११ रन जोड्न सक्यो ।
आयरल्यान्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ६९ रनको योगदान गर्दा सिमी सिंहले ४५ रन जोडे ।

नेदरल्यान्डस्का पिटर सेलरले ३, लोगान भान विकले २ तथा फ्रेड क्लासेन, ब्रान्डोन ग्रोभर र टिम भान डे गुग्टेनले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनको योगफल तयार पारेको थियो । नेदरल्यान्डस्का लागि गुग्टेनले ४५ र भान विकले २९ रनको योगदान गरे ।

म्यान अफ दी म्याच घोषित गुग्टेनले ४९ रन बनाए भने ९ ओभरमा २५ रन दिएर एक विकेट लिए।