काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो संस्करणको युरोपियन ट्वान्टी २० बेल्जियम खेल्ने भएका छन् ।
लिगमा दीपेन्द्रलाई जेबी ब्रुजेसले आफ्नो टोलीमा अनुबन्ध गराएको शुक्रबार आफ्नो सामाजिक संजालमार्फत जनाएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स स्वामित्वमा रहेको कम्पनीकै अधिनमा ब्रुजेज पनि रहेको छ ।
बुधबार मात्र नेपालका अर्का क्रिकेटर सन्दीप लामिछानेलाई पनि यसै लिगको टोली लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।
दीपेन्द्रलाई अनुबन्ध गराएको टोलीमा कोलीन मुनरो र राशी भान डार डुसनलाई समेत भित्र्याइसकेको छ ।
दीपेन्द्र अनुबन्ध भएको ब्रुसेसको टोलीमा वेस्ट इण्डिजका पुर्व क्रिकेटर शिबनारायण चन्द्रपल मुख्य प्रशिक्षकमा रहेका छन् ।
खेलाडी छनोटका लागि २४ मार्चमा ड्राफ्टको आयोजना हुनुपुर्व दीपेन्द्रलाई टिमले अनुबन्ध गरेको हो ।
पहिलो संस्करणको यस लिगमा ६ टोलीको सहभागीता रहनेछ ।
