काठमाडौं । कीर्तिमानी ४० वर्षीय गोलकिपर गुइलेर्माे ओचोआलाई लामो समयपछि मेक्सिकन टिममा बोलाइएको छ ।
प्रशिक्षक जाभियर अगुइरले आगामी फिफा विश्वकपको लागि लामो समयदेखि मेक्सिकन टिमलाई योगदान पुर्याएका गुइलेर्माेलाई समावेश गर्दै टिम घोषणा गरेका हुन् ।
मेक्सिकोले विश्वकपअघि वार्म अप खेल पोर्चुगल र बेल्जियमसँग खेल्दैछ । सन् २००६ देखि विश्वकप खेल्दै आएका गुइलेर्माे अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकप खेल्नेछन् । उनी लगातार पाँच विश्वकप खेल्ने खेलाडी पनि बन्नेछन् ।
उनी पछिल्लो समय भने राष्ट्रिय टिममा थिएनन् । २०२५ मार्चपछि पहिलो पटक टिममा समावेश गरिएको छ । हाल साइप्रसको लिमासलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
यस्तै, मेक्सिकन टिममा स्पेनिसमा जन्मिएका मिडफिल्डर अल्भारो फिडाल्गो पनि समावेश भएका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
