चैत्र ७, २०८२ शनिबार | १०:४७:३७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

वानखडेमा किन उच्च स्कोर हुन्छ ?

काठमाडौं । ट्वान्टी २० विश्वकप २०२६ सुरु हुन अब धेरै दिन बाँकी रहेन्, अब त नेपाली टिम पनि प्रतियोगिताको तयारीमा ब्यस्त छ । नेपाल समूह ‘सी’ मा रहेको छ र टिममा सबै खेल मुम्बईमा हुनेछन्, त्यहाँको प्रसिद्ध वानखडे स्टेडियममा ।

यस्तोमा एउटा प्रश्न स्वभाविक हुन्छ, यो मैदानमा उच्च स्कोर किन बन्छ ? यो प्रश्नसँग नेपालको प्रदर्शन पनि जोडिएको छ र यसले भन्छ, नेपालले विश्वकपमा कुनै पनि खेल जित्ने हो भने उच्च स्कोर बनाउन सक्नु पर्छ ।

अझ भनौं, ब्याटिङ चल्नु पर्छ नै । वानखडेमा त्यही टिमले जित्ने हो, जसको ब्याटर चल्छन् । अनि यो पनि भनौं, जसले बढी चौका र छक्का प्रहार गर्न सक्छ । यस्तोमा प्रश्न बन्छ, वानखडेमा किन उच्च स्कोर बन्छ, किन यो मैदानमा बढी भन्दा बढी रन बनाउने टिम नै जित्छ, अनि जसको ब्याटिङ राम्रो छैन्, त्यो टिम चुक्छ ? यसका केही खास कारण छन् । त्यसमध्ये पहिलो हो, वानखडेको रातो माटोले बनेको पिच ।

यो पिचमा ब्याटरलाई समान र राम्रो बाउंस प्राप्त हुन्छ, त्यसैले स्ट्रोक खेल्न सजिलो हुन्छ । यो पिचमा बलरले मज्जाले स्विंग र उछाल दुवै हात पार्न सक्छ । तर ब्याटरलाई यी अस्त्रविरुद्ध पनि खेल्न सजिलो हुन्छ ।

बल मज्जाले ब्याटरतर्फ आउने गर्छ । अनि वानखडेको बाउन्ड्री नै सानो छ । पिचबाट सीमा रेखा धेरै टाढा छैन । सम्भवतः नेपाली टिमका लागि सबैभन्दा बढी फाइदाको विषय यही हुन सक्छ, टीयूको क्रिकेट मैदानमा खेलेकाका लागि वानखडेमा चौका छक्का प्रहार गर्न गाह्रो नहुन सक्छ ।

वानखडेमा शीतले पनि उत्तिकै भूमिका खेल्छ । विशेषत फ्लड लाइट्समा हुने खेलमा शीत प्रभावमा आउने गर्छ र बलरलाई बलमाथि पकड राख्न नै गाह्रो हुने गर्छ । यसले गाह्रो हुने भनेको बलिङ मै हो, जसको भरपुर फाइदा ब्याटरलाई हुन्छ ।

सायद क्षेत्ररक्षण गर्नेलाई पनि शीतले केही त केही अप्ठ्यारो पार्न नै सक्छ । अझ ठ्याक्कै भन्दा पारम्परिक रूपमै वानखडे धेरै भन्दा धेरै रन बन्ने स्थान हो । त्यसैले त यहाँ दुई सय रनको स्कोर पनि कहिल्यै सुरक्षित हुन्न, जित्नलाई यो भन्दा बढी नै रन चाहिन्छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो