माघ ८, २०८२ बिहीबार | १८:५३:४८
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं । शनिबार सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै विराटनगर किंग्सले क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको थियो । सुदूरपश्चिमले भने त्यसअघि नै क्वालिफायरमा स्थान पक्का गरिसकेको थियो । मंगलबार यिनै दुई टोली फेरि एकपटक आमने-सामने हुँदैछन् । यसपाली प्रतिस्पर्धा, फाइनल प्रवेशका लागि हुनेछ । खेल दिउँसो ४ बजे हुनेछ ।

ओभरसिजन ओपनरद्धय स्याम हेजलेट र फाफ डुप्लेसीको धुँवादार ब्याटिङका कारण विराटनगर सनसनीपूर्ण जितको हकदार बन्यो । क्वालिफायरमा पुग्न विराटनगरलाई १३.५ ओभरभित्र सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउनु पर्ने चुनौती थियो । तर, विराटनगरले यो कठिन चुनौती दुई ओभर अगाडि नै पूरा गर्यो ।

पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका हेजलेट र डुप्लेसी दुबैले अर्धशतकीय पारी खेले । दोस्रो एनपिएल खेल खेलिरहेका डुप्लेसीले पाँच चौका र चार छक्कासहित १९ बलमा ५० रन पूरा गरेका थियो । पछि उनी खेलको ‘प्लेयर अफ दि म्याच’ पनि चुनिए । पावरप्लेमा मात्र विराटनगरले ८७ रन जोडेको थियो ।

‘हामी क्लियर माइन्डसेटका साथ आएका थियौं । हामी प्लेअफ पुगिसकेका थियौं । त्यसैले हामीसँग आक्रमक रुपमा प्रस्तुत हुनुबाहेकको विकल्प थिएन,’ खेलपछि डुप्लेसीले आक्रमक ब्याटिङका बारेमा बताए ।

सुदूरपश्चिमका लागि प्रतियोगितामा यो पहिलो हार थियो । त्यसअघिका ६ खेलमा रवाफिलो जित हासिल गर्दै आएको सुदूरपश्चिमले यस किसिमको हार आत्मसात गर्ला भन्ने कुरा कल्पना बाहिरको कुरा थियो । यसले सुदूरपश्चिमको ‘विनिङ मोमेन्टम’मा असर त पर्दैन ?

मध्यक्रमका ब्याटर आरिफ शेखले विराटनगरविरुद्धको यो हारले टोलीको मोमेन्टममा कुनै असर नपर्ने दाबी गर्छन् ।

‘हामीले आज केही नयाँ खेलाडीलाई पनि मौका दियौं। नयाँ कम्बिनेसन जाँच गर्यौँ । यसले आउने खेलमा हामीलाई सहयोग गर्नेछ । यो नतिजाले क्वालिफायरमा असर पर्दैन । हामी राम्रो तयारीका साथ आउनेछौं,’ आरिफले भने ।

एनपिएलमा यी दुई तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । गत सिजन सुदूरपश्चिमसँग विराटनगर निरीह बनेको थियो । सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरिको अर्धशतकीय पारीप्रेरित १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । पछि अविनाश बोहराको सानदार बलिङमा विराटनगर सस्तैमा अलआउट भयो । विराटनगरवे १६.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९२ रन जोड्न सकेको थियो ।

अहिले यिनै अविनाश सर्वाधिक विकेटकर्ताको दौडमा दोस्रो स्थानमा छन् । अविनाशले १४ खेलाडीलाई पवेलियनको बाटो देखाइसकेका छन् । उनीभन्दा एक विकेट बढी लिएका विपक्षी कप्तान सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । दुबैलाई मंगलबार आफ्नो संख्यालाई बढाउने अवसर छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate