काठमाडौं । अमेरिकाविरुद्ध १० विकेटको सानदार जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि श्रीलंका र अस्ट्रेलियलाई पराजित गरेको नेपालले भारतसँग हार बेहोरेको थियो ।
आइतबार अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य नेपालल चार बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटियो । यो दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल हो ।
यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो ।
अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले एक विकेट लिए ।
