मंसिर २३, २०८२ मंगलबार | ११:२२:४०
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

मार्टिन गप्टिल नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।

उनी लगातार दोस्रो सिजन विराटनगर किंग्सबाट एनपिएल खेल्दैछन्। शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गप्टिललाई विराटनगरका व्यवस्थापक विजयकुमार धितालले स्वागत गरेका थिए ।

गप्टिलसँग इन्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेस्नल  टी-ट्वान्टी, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेड जस्ता लिग खेलेको अनुभव छ ।

यस्तै गप्टिलले १२२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा दुई शतक र २० अर्धशतकसहित ३ हजार ५३१ रन प्रहार गरेका छन् ।

पुबुदु दासानायके प्रशिक्षक रहेको विराटनगरले विदेशी खेलाडीका रूपमा गप्टिलसँगै दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गसँगै र फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट, अमेरिकाका सुभम रन्जाने, तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

डुप्लेसिसबाहेका सबै खेलाडी नेपाल आइसकेका छन् ।

यस्तै विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । विराटनगरले मंसिर २ मा कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas