कार्तिक ३०, २०८२ आइतबार | १३:३२:५८
दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित काजकिस्तानसँग हारबाट जोगियो बेल्जियम स्पेनको विजयी यात्रा जारी एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित काजकिस्तानसँग हारबाट जोगियो बेल्जियम स्पेनको विजयी यात्रा जारी एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो

मार्टिन गप्टिल नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।

उनी लगातार दोस्रो सिजन विराटनगर किंग्सबाट एनपिएल खेल्दैछन्। शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गप्टिललाई विराटनगरका व्यवस्थापक विजयकुमार धितालले स्वागत गरेका थिए ।

गप्टिलसँग इन्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेस्नल  टी-ट्वान्टी, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेड जस्ता लिग खेलेको अनुभव छ ।

यस्तै गप्टिलले १२२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा दुई शतक र २० अर्धशतकसहित ३ हजार ५३१ रन प्रहार गरेका छन् ।

पुबुदु दासानायके प्रशिक्षक रहेको विराटनगरले विदेशी खेलाडीका रूपमा गप्टिलसँगै दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गसँगै र फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट, अमेरिकाका सुभम रन्जाने, तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

डुप्लेसिसबाहेका सबै खेलाडी नेपाल आइसकेका छन् ।

यस्तै विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । विराटनगरले मंसिर २ मा कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President