कार्तिक २५, २०८२ मंगलबार | २३:२७:१२
चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए

आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका  लागि आइआइएमएस कलेज अफिसियल एजुकेसन पार्टनरका रूपमा काठमाडौं गोर्खाजसँग जोडिएको छ ।

मंगलबार आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

साझेदारीअनुसार आइआइएमएस र काठमाडौंले युवा सशक्तिकरण, खेलकुद-शिक्षा समन्वय, र प्रतिभा विकासका उद्देश्यमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्ने बताइएको छ ।

‘आइआइएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासलाई प्राथमिकता दिएको छ । ककाठमाडौं गोर्खाजसँगको साझेदारीले शिक्षा र खेललाई जोड्ने महत्वपूर्ण कदम हुनेछ,’ सम्झौता समारोहमा महर्जनले भने ।

कार्यकारी निर्देशक सिरोहियाले आइआइएमएस जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले टोलीको मनोबल बृद्धि हुने बताए ।

‘एनपिएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आइआइएमएस कलेजजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले हाम्रो टोलीको मनोबल थप उच्च हुने छ,’ सिरोहियोले भने ।

काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्ससँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ  ।

यस्तै काठमाडौंलाई शैक्षीक परामर्श संस्था केआइइसीसँग प्रायोजकका रूपमा साथ दिएकाे छ । 

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder