कार्तिक २५, २०८२ मंगलबार | १७:११:४९
एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने

क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई

काठमाडौं ।  । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले क्लबहरू तयार भए शीर्ष डिभिजन लिग खेलाउन कुनै समस्या नहुने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रीले मंगलबार बोलाएको सरोकारवालासँगको छलफलमा महासचिव राईले भने,‘ हामीले होम एन्ड अवेको प्रस्ताव गरेका थियौं । त्यसमा क्लबहरूले १४ महिनाको समय मागेपछि यसबीचमा फुटबललाई चलायमान बनाउनु पर्छ भन्ने हेतुले उहाँहरूकै सल्लाहमा राष्ट्रिय लिग गर्ने निर्णय भएको हो । यदि क्लबहरू तयार छन् भने एन्फाले शीर्ष डिभिजन लिग गर्न कुनै समस्या छैन ।’

कार्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी पुस ९ गतेबाट  राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो ।

यसैगरी उक्त बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको थियो ।

यो वर्ष पनि लिग नहुने भएपछि नेपाल फुटबल खेलाडी संघले  बिहिबार धर्ना कार्यक्रम गरेको थियो । खेलाडी संघले एक साता भित्रमा एक डिभिजन लिग गर्ने सुनिश्चित नभए आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ ।

पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder