कार्तिक २१, २०८२ शुक्रबार | १४:५१:०२
टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी

काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई भित्र्याएको छ ।

यससँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरेको छ ।

काठमाडौंले यसअघि नै विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार तथा इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र विकेटकिपर/ब्याटर जोहन सिम्पसनलाई अनुबन्धन गरिसकेको थियो ।

पटेल नेपाली फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले ललितपुर प्याट्रियोसबाट एभरेस्ट प्रिमियर लिग (इपिएल), सिवाइसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डिपीएल) र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पिपीएल) को  उपाधि जितेका छन् ।

रणजी ट्रफीमा गुजरातको प्रतिनिधित्व गरिसकेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।

अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा उनले १० खेलमा १६ विकेट लिएका थिए ।

च्याम्पियन एटलान्टाका प्रशिक्षक मोन्टी देसाई नै अहिले काठमाडौंको प्रशिक्षण जिम्मेवारीमा छन् ।

‘सन्नी एटलान्टा फायरको एक महत्वपूर्ण हिस्सा थिए । मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,’ मोन्टीले भने, ‘सन्नी बल र ब्याट दुवैमा उच्च योगदान दिन सक्छन् । गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउँदा हामी उत्साहित छौं । सन्नीको आगामनले हाम्रो टोलीको सन्तुलनलाई बलियो बनाउने छ ।’

सन्नीले जुन जुलाईमा भएको अमेरिकाको मेजर लिगमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


भिडियो
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?