चैत्र १५, २०८२ आइतबार | २०:३८:०५
चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित

न्युजिल्यान्डविरुद्धको जितसँगै बंगलादेशले बनाएका चार कीर्तिमान

वेलिङटन । बुधबार न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा आठ विकेटको जित निकालेको बंगलादेशले दुई टेस्टको शृंखलामा १-० को अग्रता बनाएको छ । माउन्ट मौनगानुइमा न्युजिल्यान्डमाथि बंगलादेशले हात पारेको एक ऐतिहासिक जित थियो ।

न्युजिल्यान्डविरुद्ध पहिलो जित

यो बंगलादेशले न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा हात पारेको पहिलो जित हो । यसअघि यी दुई टोलीबीच भएका १५ मध्ये १२ खेल न्युजिल्यान्ड आफ्नो पक्षमा पार्दा तीन टेस्ट बराबरीमा सकिएको थियो ।

यस्तै बंगलादेशले क्रिकेटको तीनै संरचनामा न्युजिल्यान्डविरुद्ध उसैको घरमा हात पारेको यो पहिलो जित थियो । त्यसअघि बंगलादेशले न्युजिल्यान्ड भ्रमण ३२ खेलमा हार बेहोरेको थियो ।

शीर्ष टेस्ट वरियतामाथि हात पारेको पहिलो जित

न्युजिल्यान्डविरुद्धको जित बंगलादेशले घरेलु मैदान बाहिर हात पारेको छैटौं जित थियो । यसअघि बंगलादेशले वेस्ट इन्डिज र न्युजिल्यान्डलाई दुई पटक र श्रीलंकामाथि एक पटक उसैको मैदानमा हराएको थियो । बंगलादेशले पहिलो पटक आइसिसी टेस्टको शीर्ष वरियता टोलीलाई हराएको हो ।

पछिल्लो एक दशकमा न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा जित निकाल्ने पहिलो टोली 

न्युजिल्यान्डविरुद्ध पछिल्लो पटक उसैको मैदानमा सन् २०११ मा पाकिस्तानले १० विकेटले हराएको थियो । यसपछि पछिल्लो एक दशकपछि न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा जित निकाल्ने टोली बन्यो ।

न्युजिल्यान्डको १७ टेस्टसम्मको अपराजित यात्रा समाप्त 

जितसँगै बंगलादेशले न्युजिल्यान्डको घरेलु मैदानमा १७ टेस्टसम्मको अपराजित यात्रामा पूर्णविराम लगाइदियो । न्युजिल्यान्ड पछिल्लो पटक सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा पराजित भएको थियो ।

घरेलु मैदानमा लगातार आठ टेस्ट शृंखला

दुई टेस्टको शृंखलामा बंगलादेशले १–० को अग्रता बनाएसँगै न्युजिल्यान्ड कम्तिमा बराबरीमा रोकिने पक्का भएको छ । यससँगै घरेलु मैदानमा आयोजित पछिल्लो आठ टेस्ट शृंखलामा लगातार जित निकालेको न्युजिल्यान्डको कीर्तिमान समाप्त भएको छ । यस कीर्तिमानको पहिलो स्थानमा भारत छ । भारतले सन् २०१३ यता घरेलु भूमीमा भएका १४ शृंखला गुमाएको छैन् । दोस्रो अस्ट्रेलिया (१०) र तेस्रो न्युजिल्यान्ड (८) छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो