चैत्र ७, २०८२ शनिबार | २३:५२:०४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अस्ट्रेलियाको सामान्य सुरुआत

सिड्नी । अस्ट्रेलियाले एसेस टेस्ट शृंखलाअन्तर्गत बुधबारबाट सुरु चौथो टेस्टको पहिलो दिन सामान्य सुरुआत गरेको छ ।

वर्षाले प्रभावित पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया १२६-३ को अवस्थामा खेलिरहेको छ । स्टिभ स्मिथ अविजित ६ र उस्मान ख्वाजा अविजित  ४ रनमा खेलिरहेका छन् ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ५१ रन जोड्दा ओपनर डेविड वार्नरलाई पहिलो विकेटको रुपमा गुमायो । वार्नरले स्टुवार्ट ब्रोडको बलमा जेक क्रलेबाट क्याच हुनुअघि ७२ बलमा ६ चौका मद्दतमा ३० रन जोडे । 

सन् २०१९ को एसेस शृंखलाको १० इनिङ मध्य सात इनिङमा ब्रोडको सिकार भएका वार्नर यस पटक पनि उनकै बलमा पबेलियन फर्किन बाध्य भए ।

अस्ट्रेलियाले एक सय ११ को स्कोरमा रहँदा मार्कुस ह्यारिसलाई गुमायो । ह्यारिसले जेम्स एन्डरसनको बलमा कप्तान जो रुटबाट क्याच हुनुअघि एक सय नौ बलमा चार चौका मद्दतमा ३८ रन बनाए  ।

त्यस्तै मार्नोस लाबुसेनले ५९ बलमा चार चौका मद्दतमा २८ रन बनाए । लाबुसेनलाई मार्क उडले जस बट्लरबाट क्याच गराएका थिए ।

अस्ट्रेलियाले सुरुआती तीन खेल जित्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो