चैत्र ३, २०८२ मंगलबार | १५:५५:१५
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

एसेस शृंखलापछि उचित निर्णय लिन्छु: जो रुट

सिड्नी । इङ्ल्यान्डका कप्तान जो रुटले अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखला गुमाइसके पनि तत्काल कप्तानी छोड्ने कुनै योजना नभएको बताएका छन् ।

इङ्ल्यान्डले ३-० ले एसेस टेस्ट शृंखला गुमाइसकेको छ । त्यसैले शृंखलामा बाँकी रहेको दुई टेस्ट इङ्लिस टोलीका लागि प्रतिष्ठाको लडाई मात्र रहनेछ । चौथो टेस्ट आजबाट सुरु हुँदैछ । 

‘शृंखलामा हामीले स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेका छैनौ तर अब हामीसँग विगतको प्रदर्शनलाई सम्झेर बस्ने छुट छैन’,रुटले भने, ‘अब हामी आगामी चुनौतीको सामना गर्न चाहन्छौ । हामीले चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ ।   शृंखलाका अन्तिम दुई खेल जित्नेमा हामी आशावादी छौ । हामी सोही खेलका लागि केन्द्रित छौ ।’

‘अहिले मैले कप्तानीलाई निरन्तरता दिने वा नदिने भन्ने प्राथमिकताको विषय होइन,रुटले थपे,’ ‘अहिले शृंखलामा हामी स्वभाविक प्रदर्शनमा फर्कन्छौ वा फर्कन्नौ भन्ने चासोको विषय हो । शृंखलापछि मात्र म कप्तानीका बारेमा के गर्ने भन्ने निर्णय लिनेछु ।’

सन् २०१७  मा कप्तानीको जिम्मेवारी पाएका रुटले आजबाट सिड्नीमा सुरु हुने चौथो टेस्टसँगै  एलेस्टर कुकको नाममा रहेको सर्वाधिक टेस्ट कप्तानीको कीर्तिमान तोड्ने छन् । कुकको कप्तानीमा इङ्ल्यान्डले ५९ टेस्ट खेलेको थियो । रुटका लागि चौथो खेल इङ्लिस टोलीको कप्तानको रुपमा ६०औं टेस्ट हुनेछ ।

रुटको कप्तानीमा इङ्ल्यान्डले २७  खेल जितेको छ भने २४ खेल हारेको छ । 


 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने